बझाङ, माघ १९ । जयपृथ्वी नगरपालिका–७ कचाली खोलाबाट शुक्रबार राति १ बजेतिर काठ ढुवानी गरि रहेको एक ट्याक्टरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राति लुकी छिपि काठ ढुवानी गरि रहेका जयपृथ्वी नगरपालिका सुबेडा घर भएका गोविन्द सिंह सहित से २ प १०४७ नम्बरका ट्याक्टर चालक समन राना सहित सो संग्लग्न अन्य २ जनालाई प्रहरीले पक्राउ जिल्ला प्रहरि कार्यलयले जनाएको छ ।
काठ ढुवानी गर्ने साहु गोविन्द सिहँले २२ क्युफिट (गठ्ठा) को पुर्जि लिएको तर ट्याक्टरमा हेर्दा काठ बढि देखेपछि सिमखेत ट्राफिक प्रहरी समातेको हो । ट्याक्टर चालकको लाइसेन्स र विल बुक पनि नभएको ट्राफिक प्रहरीले जनाएको छ । राति लुकिछिपि अबैध काठ ढुवानि गरेको हुँदा काठ साहु सिंहसहित चालक, ट्याक्टर र अन्य २ जना गरि चार जनालई डिभिजन वन कार्यलयमा बुझाएको डिएसपि प्रविण धितालले बताए । वन कार्यलयमा बुझाएका चारै जनालाई बन ऐन अनुसार कारबाही हुने डिभिजन वन कार्यलयले जनाएको छ ।
यस्तै केहि समय अघि जिल्लाको मष्टा गाउँपालिकाको रिलुबाट काठ ढुवानी गरि सदरमुकाम चैनपुर ल्याउदै गरेका तिन वटा ट्याक्टरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मष्टा गाँउपालिकाका घर भएका नबराज बोहराले घर बनाउन प्रयोगकका लागि ल्याएको काठ गैरकानुनी भएपछि तिन दिन अगाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठ ओसार गर्ने बोहराले डिभिजन वन कार्यालयसहित स्थानीय सामुदायिक वन बाट २० क्यू फिट काठको पुर्जी लिएको तर उनले लुकिछिपी १ सय ९३ क्यू फिट काठ राता रात चैनपुर ढुवानी गर्न लागेको भेटाएपछि प्रहरीले पकाउ गरेको हो ।
प्रहरीले ट्याक्टरसहित चालक र काठ मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिभिजन बन कार्यालयका निमित्त प्रमुख कर्णबहादुर खातीकाअनुसार पुर्जी लिएकोभन्दा बढी काठ ढुवानी गरेको प्रहरीले जानकारी पाएपछि ट्याक्टर सहित अवैध काठ र चालकलाई पनि पक्राउ गरेको बताए ।
उनले भने,–‘प्रहरीले ट्याक्टरहरु समातेर ल्याएपछि हामीले बन ऐन अनुसार मुद्धा लगाएर अदालत पठाएको छौँ ।’ अवैध काठ तस्कारमा संग्लग्न से१ त २८४० नम्बरका ट्याक्टर चालक भोजराज राना, से १ त ६८५९ ट्याक्टर चालक धनबहादुर चौधरी र म १ त ९५३ नम्बरका ट्याक्टर चालक हरेन्द्र रानालाई पक्राउ गरि जिल्ला अदालतमा पठाएको निमित्त कार्यलय प्रमुख खातिले बताए ।
तीन वटै ट्याक्टरमा झण्डै २ लाख बराबरको काठ रहेको उनको भनाइ छ । तीन वटै ट्याक्टरमा ९० थान काठमा जुवा रहेका छन् । प्रहरीले काठ सहित नियन्त्रणमा लिएका ट्याक्टरहरु जिल्ला प्रसासन कार्यालयमा राखिएका छन् ।