सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको नियन्त्रणमा

काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको गाडी नियन्त्रणमा लिएको छ ।

Sana Kishan

सरकारी गाडी चलाउन नदिने आन्दोलन भन्दै नेविसंघका कार्यकर्ताले सचिव शिशिरकुमार ढुंगाना सवार बा १ झ ९९९५ नम्बरको गाडीलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हुन् । ‘हामीले आन्दोलनबारे जानकारी दियौं र चावी नियन्त्रणमा लियौं’ नेवि संघका नेता सुशील भट्टले अनलाइनखबरसँग भनेका छन् ।

यो समूहले अर्का सचिव दिनेशकुमार घिमिरे, सहसचिव प्रविणराज अर्यालको गाडी पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको गाडीको साँचो साँझ ट्राफिक प्रहरीलाई बुझाइने नेविसंघले बताएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.