Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एशियन क्रिकेट काउन्सिलको वार्षिक बैठकमा भाग लिन बीसीसीआईको अस्वीकार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ३, शनिबार १८:५६
एशियन क्रिकेट काउन्सिलको वार्षिक बैठकमा भाग लिन बीसीसीआईको अस्वीकार
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले ढाकामा हुने एशियन क्रिकेट काउन्सिलको वार्षिक बैठकमा भाग लिन अस्वीकार गरेको छ । यो बैठक २४ जुलाईमा बंगलादेशको राजधानी ढाकामा हुँदैछ ।

मिडिया रिपोर्टका अनुसार बीसीसीआईले बंगलादेशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै बोर्ड त्यहाँको बैठकमा उपस्थित हुन नसक्ने बताएको छ । भारतले एसीसी अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीसँग बैठकको स्थल परिवर्तन गर्न माग गरेको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

तर बीसीसीआईले बैठकको स्थल परिवर्तन नभएसम्म एसिया कपको बारेमा कुनै निर्णय लिन नसकिने स्पष्ट पारेको छ ।

भारतले यस पटक एसिया कप आयोजना गरिरहेको छ र यो प्रतियोगिता टी-२० ढाँचामा खेलाइनेछ । अहिलेसम्म एसीसीले प्रतियोगिताको तालिका वा स्थल घोषणा गरेको छैन, तर यो सेप्टेम्बरमा आयोजना हुन सक्ने विश्वास गरिएको छ । २०२३ मा पनि भारतले पाकिस्तान गएर एसिया कप खेल्न अस्वीकार गरेको थियो, त्यसपछि भारतका खेलहरू श्रीलंकामा आयोजना भएका थिए ।

श्रीलंका, ओमान र अफगानिस्तानका क्रिकेट बोर्डहरू पनि भारतसँगै छन् र ढाकामा हुने बैठकको बारेमा चिन्ता व्यक्त गरेका छन् । यसका बाबजुद पनि एसीसीका अध्यक्ष मोहसिन नक्वी ढाकामै बैठक आयोजना गर्न अडिग छन् ।

एसीसीको संविधान अनुसार, यदि महत्त्वपूर्ण सदस्य बोर्डहरू यस बैठकमा उपस्थित भएनन् भने, त्यहाँ गरिएका निर्णयहरूलाई अमान्य मान्न सकिन्छ । यसले एशिया कप आयोजनाको सम्बन्धमा ठूलो विवाद सिर्जना गर्न सक्छ ।

ढाकामै बैठक आयोजना गर्ने नक्वीको जिद्दीलाई भारतमाथि दबाब दिने प्रयासको रूपमा हेरिएको छ । बैठक आउन अब ५ दिन मात्र बाँकी छ, तर अहिलेसम्म एसीसीबाट कुनै नयाँ स्थानको आधिकारिक घोषणा भएको छैन । यसले सेप्टेम्बरमा हुने सम्भावित एसिया कपलाई खतरामा पारेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित
खेलकुद

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ श्रावण ३, शनिबार १८:५६
एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार
खेलकुद

एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन राखेपद्वारा अस्वीकार

२०८२ श्रावण ३, शनिबार १८:५६
एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा
खेलकुद

एनपिएलबाट ४७ करोडभन्दा बढी आम्दानी

२०८२ श्रावण ३, शनिबार १८:५६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८२ श्रावण ३, शनिबार १८:५६
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८२ श्रावण ३, शनिबार १८:५६
कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८२ श्रावण ३, शनिबार १८:५६
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८२ श्रावण ३, शनिबार १८:५६
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८२ श्रावण ३, शनिबार १८:५६
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ श्रावण ३, शनिबार १८:५६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व