गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताएका छन् । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगकाे भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेकाे गठबन्धनको विकल्प नभएको बताए ।
उनले भने, ‘मैले हिजाे पनि पार्टीकाे केन्द्रीय समिति बैठकमा ८४ सम्म याे गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनेको छु । सरकार बनेको एक वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्राे पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।
८४ काे निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।’कांग्रेस र एमालेकाे गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखककाे भनाइ छ । अर्को प्रसंगमा गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रकाे एम्बुसमा परेकाे बताए । शिलापत्र बाट साभार









Discussion about this post