Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्याङ्जाको फेदीखोलामा हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार ७, शनिबार ०७:४२
स्याङ्जाको फेदीखोलामा हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा — परम्परागत कृषि प्रणालीको संरक्षण र किसानलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको छ। गाउँपालिकाले कुल २९० हल गोरुका लागि २२४ जना किसानलाई १४ लाख ४५ हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको हो।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार पछिल्लो समय गाउँमा गोरु पाल्ने परम्परा हराउँदै गएकाले यसको पुनरुत्थान गर्न हलगोरु पाल्ने कृषकलाई प्रतिहल १० हजार रुपैयाँको दरले अनुदान दिइएको हो।

“यो कार्यक्रमले परम्परागत कृषि प्रणालीको आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्त्व जोगाउन मद्दत गर्नेछ,” अध्यक्ष सुवेदीले बताए। उनका अनुसार किसानको मनोबल वृद्धि गर्दै दिगो, आत्मनिर्भर र सांस्कृतिकरूपमा समृद्ध कृषि अभ्यासतर्फ टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम अन्तर्गत फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट निवेदन संकलन गरिएको थियो। जनप्रतिनिधि र कर्मचारीहरूले घरमै पुगेर अनुगमन गरी प्रमाणित गरेका आधारमा किसानको बैंक खातामा रकम जम्मा गरिने व्यवस्था गरिएको पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले जानकारी दिए।

अनुदान कार्यक्रममा गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिँदा किसानले २५ प्रतिशत लागत सहभागिता जनाएका छन्। “एउटै किसानले पालेको वा दुईजनाले मिलेर पालेको एक हल गोरुमा पनि समानरूपमा अनुदान दिइएको छ,” यादवले भने।

कार्यक्रममार्फत जैविक मल उत्पादनमा टेवा, वातावरणमैत्री खेतीको प्रवर्द्धन, तथा सामूहिक श्रमको पुनर्जागरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

फेदीखोला गाउँपालिकाको यो पहल परम्परागत कृषि संस्कृतिको संरक्षण, ग्रामीण आत्मनिर्भरता र दिगो कृषि विकासतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ असार ७, शनिबार ०७:४२
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ असार ७, शनिबार ०७:४२
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ असार ७, शनिबार ०७:४२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ असार ७, शनिबार ०७:४२
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ असार ७, शनिबार ०७:४२
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ असार ७, शनिबार ०७:४२
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८२ असार ७, शनिबार ०७:४२
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८२ असार ७, शनिबार ०७:४२
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८२ असार ७, शनिबार ०७:४२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व