कञ्चनपुर – एसीसी १६ वर्षमुनिको इस्ट जोन कपका लागि नेपाली टोली घोषणा भएको छ ।
आउँदो आइतवारदेखि मलेशियामा शुरू हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन् ।
१६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।
नेपालले आइतवार सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।
यस्तो छ नेपाली टोली –
विपिन प्रसाद शर्मा, सूर्याशु कोइराला, शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैशी, जोय थापा, रोशन शाही










Discussion about this post