Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ कार्यशाला सम्पन्न : मनसुन पूर्वतयारीमा जोड

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
कञ्चनपुरमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ कार्यशाला सम्पन्न : मनसुन पूर्वतयारीमा जोड
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – यस वर्षको मनसुन अवधिमा हुन सक्ने प्राकृतिक प्रकोपबाट धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा दुई दिने ‘प्रभावमा आधारित पूर्वानुमान’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। यो कार्यशाला कञ्चनपुरका वेदकोट, भीमदत्त, दोधाराचाँदनी र डडेलधुराको परशुराम नगरपालिकालाई लक्षित गरी आयोजना गरिएको थियो, जसले मनसुन पूर्वतयारीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यशालामा मनसुनको समयमा बाढी, पहिरो र अन्य विपद्का घटनाहरूले पुऱ्याउन सक्ने क्षतिलाई कम गर्नका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणाली (Impact-Based Forecasting) को महत्वबारे विस्तृत छलफल गरिएको थियो। यस प्रणालीले मौसमसम्बन्धी जानकारीलाई सम्भावित प्रभावसँग जोडेर थप प्रभावकारी पूर्वसूचना प्रदान गर्न सहयोग गर्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव वेदनिधि खनालले विपद्का घटना हुनुअघि के गर्ने, घटना भइसकेपछि क्षति न्यूनीकरणमा कसरी सहयोग पुग्ने र समुदायलाई विपद्को बेला सुरक्षित बनाउने कार्यमा यो कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस वर्षको मनसुनको तयारीका लागि विभागले गरिरहेका विभिन्न प्रयासहरू र पूर्वसूचना प्रणालीलाई थप सुदृढ पार्न चालिएका कदमहरूबारे पनि जानकारी गराउनुभयो।

कार्यशालामा सम्बन्धित नगरपालिकाका जनप्रतिनिधिहरू, विपद् सम्पर्क व्यक्तिहरू, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिहरू, तथा गैरसरकारी संस्थाहरू जस्तै एनएनएसडब्लुए, डिसिए, आइएचआरआर र नक्सा प्रालीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले कार्यक्रमको प्राविधिक पक्षलाई सशक्त बनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमानको महत्वबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने विभिन्न बुलेटिनहरू, पूर्वसूचना प्रणाली र तिनीहरूको उचित प्रयोगबाट कसरी मानवीय तथा भौतिक क्षतिलाई न्यून गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराउनुभयो। मौसमविद् महर्जनले विपद्का बेला तत्काल गरिने निर्णयका लागि सही र समयमै प्राप्त जानकारीको आवश्यकतामाथि जोड दिनुभयो।

डीसीएका व्यवस्थापक दिनेश गुरुङले पूर्वानुमान कार्यको आधारभूत अवधारणा, प्रभाव तालिका निर्माण लगायतका महत्वपूर्ण प्राविधिक पक्षहरूबारे जानकारी प्रदान गर्नुभयो। उहाँले स्थानीय स्तरमा जोखिम विश्लेषण र पूर्वतयारीका लागि आवश्यक पर्ने प्राविधिक ज्ञानको महत्वमाथि प्रकाश पार्नुभयो।उहाँले विशेषगरी यस वर्ष जल तथा मौसम विज्ञान विभागले औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको अवस्थामा महाकाली नदी बेसिन क्षेत्रमा रहेका पालिकाहरू भीमदत्त, परशुराम र दोधाराचाँदनीका साथै चौधर नदी बेसिन रहेको वेदकोट नगरपालिकाको संयुक्त टोलीले पूर्वतयारीमा अझ बढी ध्यान दिनुपर्ने र विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले विपद् जोखिम न्यूनीकरणमा स्थानीय समुदायको सशक्तिकरण र क्षमता विकासको आवश्यकतामा जोड दिनुभयो। उहाँले समुदायको सक्रिय सहभागिताविना कुनै पनि विपद् व्यवस्थापन योजना सफल हुन नसक्ने बताउनुभयो।

त्यस्तै नक्सा प्रा.ली का प्रतिनिधि विद्या भण्डारीले विपद् पूर्वतयारीमा स्थानीय समुदाय र सरोकारवालाहरूको भूमिकालाई जोड दिनुभएको थियो। नक्सा प्रा.ली का प्रोग्राम म्यानेजर सुदर्शन हमालले विपद् जोखिम नक्साङ्कन र भूस्थानिक प्रविधिको प्रयोगबाट कसरी जोखिम क्षेत्रहरू पहिचान गर्न सकिन्छ र पूर्वतयारीलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा प्रस्तुति दिनुभयो।

आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले विपद् प्रतिकार्यमा सहकार्य र समन्वयको महत्वमाथि प्रकाश पार्दै, विभिन्न सरोकारवाला निकायहरूबीचको समन्वयले मात्र विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो।

कार्यशालामा गत वर्ष सञ्चालित यस्तै कार्यशालाले पारेको प्रभावबारे आईएचआरआरका मौसमविद् मनिषा केसीले समीक्षा र छलफल समेत गर्नुभएको थियो। यसले विगतका अनुभवबाट पाठ सिक्दै भविष्यका लागि थप प्रभावकारी योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यस कार्यशालाले कञ्चनपुर र डडेल्धुराका जोखिममा रहेका नगरपालिकाका लागि मनसुन पूर्वतयारीलाई अझ सशक्त बनाउने र सम्भावित विपद् बाट हुने क्षतिलाई कम गर्न महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८२ जेष्ठ ३०, शुक्रबार १८:४८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व