Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिठ्ठीवाला माया ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुजित रमेश सिनाल, कञ्चनपुर – “दैनिक २ वटा चिठ्ठी” अर्थात (प्रेमपत्र) हरु हामी एक अर्कालाई दिन्थ्यौ या भनौ, मेरी उनिलाई दिन्थे म, कुरा आज भन्दा २० वर्ष पहिलाको हो त्यो बेलामा आजको जस्तो संचार माध्यमहरु अथवा भनौ, फेसबुक, म्यासेन्जर, मोवाईल केही नभएको बेलाको, समयको माया हो हाम्रो, क्या गज्जबको मज्जाको समय थियो । त्यो बेलामा हामीसंगै एउटै विद्यालयमा पढने, म १० मा र उनि ८ मा यो सानो उमेर भनेर सोच्नु होला तर त्यो बेलामा हामी दुवै १८ वर्षका थियो ।

त्यो माहोल कस्तो थियो भने, विद्यालयमा पढदा उनीलाई देख्दा मनमा अलग्गै तरंग उत्पन्न हुने खुसी लाग्ने, हेर्न मन लाग्ने, कुरा गर्न मन लाग्ने, तर डर लाग्ने, उनको नजिक हुन मन लाग्ने, तर सधै त्यो सम्भव नहुने आजभोली तपाईहरु जतिबेलामा पनि कुरा गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, मनमा उठेको भावना भन्न सक्नुहुन्छ लेखन सक्नुहुन्छ, जतिबेलामा पनि भिडियो कल मार्फत हेर्न सक्नुहुन्छ, । त्यो बेलामा मनमा छटपटि हुने, कतिबेला हेर्न पाए हुन्थ्यो जस्तो लाग्ने आफनो माया प्रतीको सम्मान ईज्जत त्यो बेलामा बेग्लै थियो, मेरो भनाई यो होईन की अहिले त्यो छैन भनेर भन्न खोजेको होईन् ।

आफनो मायासंग कुराकानी गर्न का लागी अथवा डेटिङ जान पय्रो भने, या त एकजना साथी बनाउनु पय्रो दुवै जनाको कुरा गराई दिने, कुरा आदानप्रदान गर्ने चिठ्ठी पुय्राईदिने नत्र कुरा गर्न निकै कम सम्भावना रहने थियो । कतिपय साथीहरुको लब अफेयर त चिठ्ठी बाहिरिए पछि थाहा हुन्थ्यो । त्यो भएर चिठ्ठीलाई निकै गोप्य रुपमा आफनी मायासंग पुय्राउनु पर्थाे, साथीले पनि चिठ्ठी पुय्राए वाफत उसलाई नास्ता खुवाउनुपर्ने खर्च गर्नु पर्ने उसले भनेको कुरा मान्नुपर्ने थियो । उसको पनि सबै कुरा मान्नु पर्ने नत्र सबैलाई भनिदिन्छु भन्दै उसले त्रास दिने धम्काउने, सहयोग गर्देन भन्ने, यस्ता सहयोगी साथीहरु अहिले कहाँ होलान ? माया बस्ने भनेको त्यो बेलामा साथीहरुबाट पनि बढी हुने, एकले अर्काको नाममा जिस्काउने मेरो नामबाट उसलाई जिस्काउने, आजभोली मोवाइल नम्वर साँटने,अनि वार्तालाप सुरु हुन्छ, सजिलो छ आजभोलीको माया, त्यो बेलामा हाम्रो संचारको माध्यम भनेकै चिठ्ठी थियो ।

हामी दैनिक २ चिठ्ठी आदनप्रदान गर्थयौ, २ पानाको मैले लेखेर पठाउँथे उनले १ पानाको लेख्थिन, त्यो पनि राती लेख्ने पढने बेलामा लुकेर आफना भाई बहिनीबाट लुकाएर चिठ्ठी लेख्नु पर्ने, अनि भोली विद्यालय जाने बेलामा बाटोमा भेट भएको बेलामा या विद्यालयमा हाफ टाईम भएको समयमा चिठ्ठी दिन मिल्ने समय हुन्थ्यो, जब हातमा चिठ्ठी आउँथ्यो पढनका लागी फेरी गोप्य ठाँउ खोज्नु पथ्र्याे, अरुले नदेख्ने गरी पढनु पर्ने, मन भित्रै बेग्लै खुसी, आन्नद, उमंग आउँथ्यो, चिठ्ठीमा लेखेको “प्रिय” भनेर सम्बोधन गरेको शब्दले मनमा तरंगको बाणले हानेपछि स्वर्गको अनुभुती हुन्थ्यो त्यो बेलामा, अनि उनले साधेका प्रश्नको जवाफ पनि लेखेर चिठ्ठी मार्फत फर्काउनु पर्ने थियो ।

समर्गमा भन्नु पर्दा चिठ्ठी एउटा यस्तो माध्यम थियो जस्मा प्रेमी प्रेमिकाले मात्रै प्रयोग गर्दैन थिए । देश विदेशमा रहेकाहरुले आफनो परिवारका सदस्यलाई आफनो अवस्था देखाउने माध्यम भन्ने माध्यम पनि तियो चिठ्ठी, अहिले त्यही चिठ्ठीको माध्यमबाट झाँगिङदै गएको प्रेम उनि र मबाट हामी भएका छौ । उनको र मेरो विवाह भयो त्यही सालदेखी देशमा मोवाईल आयो त्यो पनि सबैको पहुँचमा थिएन सारै महँगो थियो, विवाह भएको धेरै वर्षपछि मैले मोवाईलको प्रयोग गरे, २० वर्ष पहिला र अहिले हामीले संचारमा धेरै फड्को मारे, कामहरु सहज भयो तर चुनौतीपनि निकै बढेको छ, अहिलेको माया सारै सस्तो, सम्मान कम, र एक अर्काप्रतिको दिगो माया कम भएको हो की ?

मेरो यो नितान्त व्यक्तिगत विचार मात्रै हो । किन भने पछिल्लो समयमा बिभिन्न संचार माध्यममा हामी देख्न सक्छौ आफनै प्रेमीको हत्या गर्ने, बिभिन्न गोप्य भिडियो बाहिर ल्याउने अर्थात ब्ल्याकमेल गर्ने, मायामा विश्वासको कमी भएर लामो सम्बन्ध टिक्न नसक्ने बिभिन्न समाचार हामी देख्न सक्छौ, तरपनि कतिपय सम्मानित जोडीहरुले आफनो सम्बन्धलाई निकै लामो समयसम्म टिकाई रहेका छन् । संचारले नयाँ फडको मारेको विश्वमा हामीले दैनिक नयाँ नयाँ मोडलका मोवाईल नयाँ प्रविधी भित्रि रहँदा हामी भित्रको पनि माया, सम्मान ईज्जतलाई पनि हामीले अपडेट गर्ने हो की ? अर्थात सबैलाई माया सदभाव,ईज्जतहरु कायम राखेर सबै तर्फ माया बाड्ने पो हो की ?

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
Uncategorized

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भायानेटको वाईफाई ६ र ViaTv अफर

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व