सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाम जिल्लामा अछाम महोत्सव हुने

अछाम जिल्लामा अछाम महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ अछाम शाखाको अायोजनामा चैत्र १३ गतेदेखि २० गतेसम्म मंगलसेनमा अछाम महोत्सव संञ्चालन हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ अछाम शाखाले अाज मंगलसेनमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । अछामको कला सस्कृति,पर्टयन,ब्यापार व्यवसाय, स्थानीय उत्पादनको प्रवर्द्धन तथा धार्मिक स्थलको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको अायोजना गर्न लागिएको महासंघले जनाएको छ । महोत्सवलाई भब्य रूपमा संञ्चालन गर्नको लागि प्रचारप्रसार तथा अन्य ब्यवस्थापनको पाटोलाई तिब्ररूपमा अगाडि बढाने पत्रकार सम्मेलनमा जानकारी गराईको थियोे । महोत्सव बाट संकलित रकमबाट कोसेली घर निर्माण गरिने घरेलु महासंघ अछामका अध्यक्ष बम बहादुर रावलले बताउनुभयो ।मंगलसेनको खुल्ला मंचमा संञ्चालन हुने महोत्सवमा ५० रूपैया प्रबेश शुल्क तोकिएको छ भने बिद्यार्थीका लागि ४० रूपैया महोत्सव प्रबेश शुल्क तोकिएको जानकारी गराईको थियोे । महोत्सवको सबै स्थानीयले अवलोकन गर्न पाउन भन्ने उदेश्यले प्रवेश शुल्क थोरै तोकिएको बताईएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूका पस्तुति रहने अायोजकले जनाएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.