मतलबका पाेका बाेकेर
आफ्नाे नाकको टुप्पाे मात्रै देख्ने
चाप्लुसी जिब्रो सलबलाएर
आफ्नाे स्वार्थ सिद्धिका लागि
प्रयाेग गर्ने र एक्ल्याउने
अनि सिध्याउने अनाैठाे तरिकाले
चरम मानसिक यातना दिएर
कुभलाे नचिताएकाे भ्रम छर्न खप्पिस
थुप्रै महाशयहरु भेटिन्छन्
यहीँ तिमी र म बस्ने मानव बस्तीमा
कठिन प्रतिकुल परिस्थितिसँग लड्दै
ठेस लागेका ढुङ्गाहरुलाई
चप्पल सरि सजाउँदै पाइतालामा
टुपी ठाडाे हुनेगरी बिझेका काँडाहरु
दाँतले निकाल्दै
जीवनका पदचापहरू जति टेक्छाै
उपहासकाे पात्र बनाएर हाँस्ने
र त्यहीँ परिस्थिति बीच
गुलाफ फुल्याे र फक्रियाै भने
सुटुक्क आएर पीरती गाँस्ने
चुँडेर काेटकाे खल्तीमा सजाउन खाेज्ने
निर्मम बैगुनीहरु छरपस्ट भेटिन्छन्
यहीँ तिम्रो र मेराे पाइतालाकाे केन्द्र वरिपरि
दुनियाँ धाेकेबाज हाे भन्थे त्यही रहेछ
हुँदाखाँदा सब आफन्त
दुःखदर्द र पीडामा सब पराया
प्रयाेगवादी दुनियाँ
परिक्षण गर्छ प्रयाेग गर्छ
र मतलब निकालेर
कागती निचाेरे सरि निचाेरेर
खाेस्टाे समेत चबाएर फाल्छ
फाेहाेरकाे डुङ्गुरमा
तिमी र म जस्तालाई
दाडिम जाँतिमा पेलेसरि पेलेर
राफलाे बनाएर गाैणहरुमा
बेकामे पारेर हुत्याएकाे पत्तै हुँदैन
याे बस्ती याे देश
याे दुनियाँ र सारा परिवेश
यस्तै छ यस्तैयस्तै छ
बिल्कुल साेचे भन्दा फरक
यस्तैयस्तै छ यहाँ
रमेश पन्त ‘मीतबन्धु’









Discussion about this post