सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रादेशिक महोत्सवको ११ औँ दिन, आज को–को कलाकार आउँदै छन् ?

कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज ११ औँ दिन चर्चित लोक पप तथा देउडा गायक चक्र बम ,गायक रेश बि.सी र नृत्यङ्गना लक्ष्मी सुनार आउँदै छन् ।

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ मा आज ११ औँ दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए ।

यसअघि (हिजो ) शुक्रबार चर्चित गायक प्रताप दास , देउडा गायक टेक बोगटी र नृत्यङ्गना अन्जली चन्द ठकुरीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए।महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीहरुको लागि ५० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।डेढ सय वटा स्टल रहेको महोत्सवमा बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु रहेका छन् ।

फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । पुस २७ गते देखि सुरु भएको महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ।

Mahakali Polytechnic

प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ। गोदावरी न्युज बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds