सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपियो

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपिएको छ। मङ्सिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपीएको हो।

प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ।

अब महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने भएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds