सन्ध्या कालीन होस् , प्रात: कालीन होस्
चम्किने अनुहार होस्, घमाइलो दिन होस्
खै के के चाहन्छन् यो दुनियाँमा मान्छेहरू
घर होस्, गाडी होस, आफ्नो जमिन होस्
आँगनमा चहलपहल होस् आफ्नाहरूको
नदीतटको माहोल सुनसान एकछिन होस्
मेरो अन्त्य पनि कसैको लागि उदय जस्तै
दुनियाँलाई मेरो विश्वासमाथी एकिन होस्
मेरो यहीँ एउटा कारण छ हास्ने खुसी हुने
चाहन्न घाटमा पनि मेरो मुहार मलिन होस्









Discussion about this post