साताको चौँथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ तोलामा १००० रुपैयाँले घटेको हो ।
मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार, आज तेजावी सुन पनि घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज हिजो भन्दा १५ रुपैयाँले घटेर तोलाको १ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post