सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो। स्वीकृत आवेदनमध्ये १२ हजार ३४० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो।

लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिएको हो। उपहार खबर बाट साभार

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds