सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा ‘गौरा’ पर्व आजबाट बिधिवत् सुरु, आज विरुडा पञ्चमी

सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिवत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र महिनाको कहिले शुक्ल र कहिले कृष्ण पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ ।

आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ। पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।

आधिकारीक रुपमा गौरा पर्वको सुरुवात आजबाट अर्थात पञ्चमीबाट हुने भएपनि सुदूरपश्चीममा एक मिहना अगाडीदेखि नै गौराको रौनक सुरु भइसक्छ । एक महिना अगाडीदेखि ठाडो खेल, डेउडा खेल खेल्ने गरिन्छ ।

विरुडा पञ्चमीमा विरुडा भिजाएर गौराको बिधिवत् शुरुवात गरिन्छ। यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाईन्छ। सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ। यसवर्ष षष्ठी र सप्तमी एकैदिन परेकाले प्रतिमा भित्र्याउने काम बुधबार हुनेछ।

Mahakali Polytechnic

अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा नचाईन्छ। त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहा विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ। उपहार खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds