आज साताको पाँचौ दिन (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार र तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा किनबेच भएको थियो । नयाँ पुस्ता बाट सभार









Discussion about this post