Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हरेली संक्रान्ति : एकचर्चा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृष्ठभूमि :

नेपाल पर्वै पर्वहरुकाे देश हाे।त्यसमा पनि देवभूमी मानसखण्ड अन्तर्गतकाे सुदूरपश्चिम प्रदेश विभिन्न धार्मिक ,सांस्कृतिक तथा माैलिक परम्परागत लाेक पर्व एवम् सम्पदाहरुले भरिपूर्ण प्रदेश हाे। तसर्थ याे प्रदेशलाई लाेक पर्व तथा लाेक सम्पदाहरुकाे प्रदेशका रुपमा चित्रण गर्न सकिन्छ ।

हाम्रो देश नेपालमा महिनैपिच्छे कुनै न कुनै चाडपर्व परिरहने र धेरैजसाे चाडपर्वहरु कृषि प्रधान देश भएकाले कृषिसंग सम्बन्धित रहेका पाइन्छन् । कृषि प्रधान देशकाे कृषिसँग सम्बन्धित एक माैलिक पर्वकाे रुपमा साउने संक्रान्ति,कर्कट संक्रान्ति,हरेली संक्रान्तिअादि नामले चिनिने हरेली पर्व अथवा लुताे फाल्ने पर्वलाई पनि लिन सकिन्छ ।हरेली पर्व अथवा हरेली संक्रातका नामले परिचित साउन १ गतेदेखि शास्त्रानुसार सूर्य कर्कट राशीमा प्रवेश गर्ने मान्यता रहेकाले याे संक्रान्तीलाई कर्कट संक्रान्ती पनि भनिएकाे मान्यता रहेकाे पाइन्छ ।

माैलिक प्रचलन:

हरेली शब्द हरियाली अर्थात् हराभरासंग सम्बन्धित छ। यसरी हरियाली शब्दसंग जाेडिएकाे हरेली किसानहरुकाे लाेक पर्व वा प्रचलन हाे । याे किसानले साँझपख खेतबारीमा गएर कुनै विघ्न वाधा नपराेस ,उत्पादन बढाेस् ,अन्नपातले भकारी भरियाेस् भनेर भूमी वा कृषिका अधिष्ठाता देवता तथा शिवकाे पूजा गर्ने माैलिक पर्व वा परम्परा हाे । साउन अथवा सावन वर्षा ऋतुकाे प्रतिक हाे।यस महिनामा बर्षा उच्च हुने जसका माध्यमबाट धर्तीभरी सबैतिर हरियाली छाउने गर्दछ।तसर्थ हरेलीसम्ममा मुख्य बाली धान राेप्ने समय सकिएकाे मानिने तथा यसबाट हिउँदे बालीकाे माैसम शुभारम्भकाे पुर्व सङ्केत मिल्ने जनविश्वास छ।

प्रचलन क्षेत्र तथा महत्त्व :

हरेली पर्व नेपाल लगायत भारतकाे उत्तराखण्डमा पनि मनाउने गरिन्छ । मानसखण्ड अन्तर्गतकाे तात्कालिक डाेटी राज्य हालकाे सुदूरपश्चिममा यसलाई हरेल्या (हरेली)संक्रातका रुपमा मनाउने र अाफ्ना अन्नबाली जस्तै धान,काेदाे,हलेदाे,पिँडालु लगाएका खेतका बीचभाग वा अालिमा पहाडतिर नाशपाति वा मेलका फलयुक्त हाँगाहरु गाड्ने तथा माल भाँवरतिर नाशपाति वा अम्बा तथा अन्य फलका फलेका हाँगाहरु खेतमा गाड्ने अर्थात हरेली हाल्ने प्रचलन रहेको पाइन्छ।भविष्यमा केही अनिष्ट नहाेस् तथा नकारात्मक शक्तिको अागमन नहाेस भन्नका लागि सन्ध्याकालमा घरका ढाेका अथवा म्वाल,देलि र झ्यालहरुमा झिझिर्कांडा ,मेल र कुर्जाे राख्ने प्रचलन रहेकाे पाइन्छ।यसरी घरमा झिझिर्कांडा राखेकाे देखेपछि नकारात्मक शक्तिका रुपमा रहेकाे मानिने भुतप्रेतले खेतमा किसान काममा व्यस्त रहेकाे माैका छाेपी घरमा प्रवेश गर्न खाेज्दा ढाेकामा झिझिर्काँडा देखेपछि

“बुढा बुढी गडाखेत नन्दिना खाैं,
म्वाल झिझिरकाँडी कै बाटा झाै “
“साउँ दिदी साउँ बाट झिझिर्काँडाे कइबाट झाउँ”

भन्ने र घरभित्र प्रवेश नगर्ने जनविश्वास पाइन्छ ।झिझिर्काँडाका पातहरु कहिल्यै नअाेइलाउने भएकाले त्यो काँडा राखिएको घरमा दुख कष्ट ,राेगव्याध नपर्ने तथा परिवार सुस्वस्थ्य र सकुसल रहने विश्वास गरिन्छ ।यसले घर बाहिर जाँदा सुरक्षाका उपायहरू अपनाउनु पर्ने र सधैं सजग रहनुपर्ने कुरा तर्फ सङ्केत गर्दछ।

यतिमात्र हाेइन घनघाेर बर्षा र कालाे बादलले वातावरण नै कालाे मैलो बनाउने,खाेलानालाहरुमा पानीको सतह बढ्ने,बाटाघाटाहरु झाडिले भरिने,बाढी पहिराेकाे प्रकाेपकाे खतरा बढ्ने भएकाे र साे कारणले आवतजावत गर्न तथा भेटघाट गर्नै कठिनाई हुने भएकाले श्रावण मासलाई कालाे महिनाकाे रुपमा लिइने गरेकाे पाइन्छ । यस महिनामा परिस्थिति अनुसार एक हप्ता ,दुई हप्ता वा महिनाभरि नै नवविवाहितालाई पयलीले माइत पठाउनु पर्ने चलन पनि रहेकाे पाइन्छ । आजकाे दिनदेखि नवविवाहिताकाे माइतीमा दुलहाकाे घरबाट सामर्थ्य अनुसार फलफुल ,वस्त्र अादि काेसेली अर्थात् अाेल्काे दिनुपर्ने प्रचलनकाे शुभारम्भ गरिन्छ ।परिस्थिति अनुसार ओल्काे साउन महिनाभरि मंगल र शनिबार बाहेककाे कुनै एकदिन दिन सकिने प्रचलन रहेकाे छ।यस प्रचलनलाई सामाजिक सम्बन्ध र एकता प्रगाढ पार्ने प्रचलनका रुपमा लिन सकिन्छ ।

शास्त्र अनुसार यस दिनदेखि सूर्य उत्तरी गाेलार्धबाट दक्षिणी गाेलार्ध तर्फ प्रवेश गर्ने भएकाले उत्तरायन सकिएर दशक्षिणायन शुुुुरुहुने तथा दिनहरु छाेटाे र रातहरु लामाे हुँदैजाने विश्वास रहेकाे छ।अन्य धार्मिक पर्वहरु झैं तीर्थस्थल तथा घाटहरुमा गई स्नान गर्ने परम्परा रहेकाे यस पर्वमा असारमा अन्नबाली लगाएपछि अर्थात धान,मकै,काेदाे अादि राेपेपछि शरीर फाेहाेर हुने र लुताे,घाऊ,खटिरा नआउन भनेर सरसफाइ गर्ने, राेगव्याधी नाशक खानेकुरा खाने तथा लुताे फाल्ने प्रचलन रहेको पाइन्छ । तर तात्कालिन डाेटी प्रदेशको धेरै जसाे भुभागमा असाेज १ गते लुताे फाल्ने गरेकाे पाइन्छ ।शिवभुमी सुदूरपश्चिममा याे महिनाभरि शिवकाे मन्दिरमा गइ पूजाआजा एवम् अाराधना गर्ने गरेकाे पाइन्छ ।

साैभाग्यकाे पर्व:
धार्मिक मान्यता अनुसार समुन्द्र मन्थनबाट निस्किएकाे कालाकुट विष भगवान शिवले ग्रहण गरि मानवहितका लागि काम गरेकाले मानवजातिले साैभाग्य प्राप्त गरेकाे रुपमा लिइन्छ । बिशेषतः साउने साेमबारका दिन महिलाहरुले व्रत बस्ने हातमा मेहन्दी लगाउने तथा विवाहिताले साैभाग्यकाे प्रतीक हरियो वस्त्र ,हरियाे चुरा,पाेते धारण गरि शिव अाराधना गर्ने गरेकाे पाइन्छ ।देश अनुसारकाे भेष भने झैं भारतकाे उत्तराखण्ड र पूर्वी नेपालका केही भुभागहरुमा चैत वा भदौमा हरेलाे गर्ने र मनाउने गरेको पनि पाइन्छ ।यसरी धेरैजसो पर्वहरु वर्षको एकचोटी पर्ने भएपनि हरेलाे पर्व बर्षकाे तीन चाेटी पर्ने गरेकाे पाइन्छ ।
नेपालकाे विभिन्न ठाउँ र भारतकाे उत्तराखण्डमा हरेलाे गर्दा पाँच वा सात प्रकारका अन्न जस्तै : जाैँ, गहुँ ,मकै,गहत,सर्स्युँ,मास,भटमास अादि राेपण गरेर परम्परागत विधि र रीतिपूर्वक मनाउने गरेकाे पाइन्छ।

निष्कर्ष :
कृषिकर्मसंग सम्बन्धित अन्नबाली राेपण ,उत्पादन तथा सुरक्षण लगायतका विषयवस्तु,सामाजिक एकता तथा वातावरण र स्वास्थ्य सरसफाइसंग सम्बन्धित विज्ञानसम्मत विषयहरु तर्फ संकेत गर्ने हरेलाे पर्वकाे समाजमा धार्मिक ,सांस्कृतिक तथा समाजिक महत्त्व रहेकाे पाइन्छ । नारी समाजले साैभाग्यकाे पर्वकाे रुपमा लिने गरेकाे यसपर्वले सकारात्मक जीवन पद्धतिका लागि संघर्ष गर्ने प्रेरणा दिएकाे पाइन्छ । सबैमा शुभकामना। ✍️रमेश पन्त मीतबन्धु

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व