सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गाउँपालिका भित्रका हरेक नागरिकको हरेक महिना निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले यस्तो नीति सार्वजनिक गरेको हो । गाउँपालिकाले एक जना डाक्टर तथा आवश्यक स्वास्थ्य कर्मीको व्यवस्था गरि गाउँपालिका भित्र प्रत्येक वस्ती वस्तीमा गएर दिर्घरोगी, बालबालिका, जेष्ठनागरिक लगायत सम्पूर्ण हेलम्बु बासिहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईने जनाएको छ ।
यस्तै गाउँपालिकाले घरघरमै सुत्केरी आमा जाँच कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । गाउँपालिकाको भौगोलिक परिस्थिती र सुत्केरी आमाहरु स्वास्थ्य संस्था सम्म सुत्केरी जाँचका लागि जान असहज परिस्थिती लाई मध्यनजर गर्दै सुत्केरी पश्चात गरिने ३ दिन र ७ दिनको सुत्केरी जाँचका लागि स्वास्थ्य संस्थासम्म जँचाउन आउनुपर्ने कार्यलाई वन्द गरि उक्त जाँचको लागि स्वास्थ्यकर्मी नै प्रत्येक सुत्केरीको घरघरमा पुगी सेवा दिने व्यवस्था मिलाईएकोमा उक्त कार्यले स्वास्थ्य सुधारमा उल्लेख्य प्रगती देखिएको हुँदा सोकार्यलाई निरन्तरता दिँदै लगिने गाउँपालिकाले जनाएको छ । उपहार खबर बाट सभार









Discussion about this post