Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेदकोट नगरपालिकाको ११औँ नगर सभा दैजी औद्योगिक क्षेत्र विस्तार गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरमा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारदेखि शुरु भएको बेदकोट नगरको ११औँ नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी आर्थिक बर्ष २०७९÷०८०का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानको समस्यालाई मध्यनजर गर्दै नगरमै कम्पोष्ट मल कारखाना स्थापनाको योजना अघि सारेका छन ।

मेयर बोहराले प्रदेश सरकारसंगको सहकार्यमा नगरका किसानलाई समयमै मलखाद उपलब्ध गराउनका लागि मल कारखाना खोल्ने कार्यक्रम अघि सारेका छन । यसका साथै मेयर बोहराल प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दैजी औद्योगिक क्षेत्रमा उद्योग स्थापना र विकास गर्न आवश्यक पहल प्रयन्त गर्ने, उद्योगको भोगाधिकार प्राप्त गर्न बाँकी रहेका कामलाई छिट्टै सम्पन्न गर्ने पूर्वाधार निर्माण गर्न सम्बन्धीत निकायसंग समन्वय गरिने जनाएको छ ।

आर्थिक विकास र ठुलो संख्यामा स्थानीयलाई रोजगारी दिलाउनका लागि औद्योगिक संचालनको विकल्प नभएको मेयर बोहराले बताए । मेयर बोहराले सयौँ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । ग्रामिण विद्युतिकण, सडक कालोपत्रे, खेलकुद विकास, शिक्षा, पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य विकास, समाजिक सुरक्षा भत्ता वितरण प्रणाली, विपन्नको छानो स्तरबृद्धि, बजारीकरण, पर्यटन विकास लक्षित वर्गका कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि होमस्टे, नदेबाली, व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरिएको छ । विपन्न महिला, नागरिकलाई तालिम दिने कार्यक्रमलाई अघि बढाईने छ । एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण,सहकारी खेती प्रणाली विस्तार गरिएको छ । ‘एक घर एक करेसाबारी, ‘हरियो नगर, भलमन्सा, बडघर परम्परा संरक्षण सम्र्बद्धन, नगरको राजस्व सम्भावना खोजी तथा पहिचान गरी स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग मार्फत नगरको सम्बृद्धिका लागि राजस्व सम्भाव्यता अध्ययन गरिनेछ ।

जनतासंग विपी कार्यक्रम अन्र्तरगत प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विपी कोईरालाको नाममा उद्यान निर्माण गरिनेछ । विज्ञ समुह गठन गरिने छन । भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गरी लालपुर्जा वितरण गरिनेछ ।

दैजीमा १५सैयाको अस्पताल निर्माण, भूउपयोग नीति तर्जुमा कार्यान्वयन गरिनेछ । उत्कृष्ठ कर्मचारीलाई प्रोत्साहन कार्यक्रम, दुर्घटना बिना, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बाल विकास शिक्षक, जिविसबाट हस्तान्तरण भएर आएका शिक्षलाई प्रोत्साहनका कार्यक्रम संचालन गरिनेछन ।

नगर सभामा उप प्रमुख तुलसी जोशीले आर्थिक बर्ष २०७९÷०८० का लागि बजेट प्रंस्तुत गरेकी छिन । ९८करोड, २२ लाख, ३८ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । आन्तरिक आयतर्फ २ करोड ५०लाख खर्च नभएको सहित ८करोड विनियोजन गरिएको छ ।

चालु तर्फ ७१करोड, ५३लाख, पुजीगत तर्फ २६ करोड, ६८लाख प्रस्ताव गरिएको छ । वडाबाट छनौट भएर आएका योजनाहरुमा ६करोड ३२लाख विनियोजन गरिएको छ । कोरोना रोग नियन्त्रणका लागि १करोड, आवश्यक पूर्वाधार विकास ऐनले निर्देशित गरेका अन्य कार्यका लागि २करोड, १०लाख, स्वास्थ्य, शिक्षा, पशु कृषि वन एव महिला विकास तर्फ २करोड ३०लाख विनियोजन गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व