बैतडी – जिल्लाको सिगास गाउँपालिका वडा नम्बर– ८ की १८ वर्षीय श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी छिन् ।
शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएकी उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् ।
आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।
(स्रोत : सगुन खबर)









Discussion about this post