Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालका विमानस्थलमा स्याल, बँदेल र कागको आतंक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३०, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालका विमानस्थलमा बँदेल, स्याल तथा कागको आतंक बढ्दै गएको देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोजमा गठन गरेको उडान सुरक्षा छानबिन समितिले बुझाएको प्रतिवेदनले पछिल्ला वर्षहरुमा विमानस्थलमा जनावर र चराको आतंक बढ्दो क्रममा रहेको देखाएको छ । खासगरी कोरोना महामारीको समयमा विमान कम चलेको समयमा बाहेक विमानस्थलहरुमा जनावर र चराको आतंक निरन्तर रहेको देखिएको छ ।

 

नेपालका विमास्थलमध्ये काठमाडौंमा कागको आतंक धेरै देखिने गरेको छ । भैरहवा, नेपालगञ्ज र विराटनगर भने वन्यजन्तुका कारण असुरक्षित देखिएका छन् । यी विमानस्थलमा बँदेल, स्यालजस्ता जनावरसँग जहाज ठोक्किने घटना धेरै भइरहेका छन् । समितिको प्रतिवेदनले भनेको छ, ‘वन्यजन्तुको क्रियाकलापका कारण हवाई सुरक्षामा चुनौती र जटिलता थपेको छ ।’

 

त्रिभुवन विमानस्थलमा चराका कारण तीन वर्षमा ४९ वटा घटना

नेपालका विमानस्थल चराका कारण सबैभन्दा बढी जोखिममा काठमाडौंको त्रिभुवन विमानस्थल पर्छ । तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा ४९ वटा घटना भएका छन् ।

 

 

सन् २०१९ मा काठमाडौंमा चराका कारण १९ वटा घटना भएका थिए । यस्तो संख्या सन् २०२० मा ९ वटामा झरेको थियो । यो संख्या सन् २०२१ मा भने २१ वटा पुगेको छ । सन् २०२० मा घटना कम भएको देखिनुमा यस वर्ष कोरोना भाइरसको महामारीका कारण हवाई उडान नै कम भएका थिए ।

चराको आतंक काठमाडौंपछि पोखरामा धेरै देखिएको छ । यसबाहेक विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भैरहवा, चन्द्रगढी, सिमरा, रामेछाप, राजविराज, सुर्खेत, बाजुरासहितका विमानस्थल समेत चराका कारण जोखिममा रहेको देखिएको छ ।

 

जनावरको आतंक भैरहवा, विराटनगर र नेपालगञ्जमा धेरै

प्रतिवेदन अनुसार जनावरको आतंक भने भैरहवा, विराटनगर र नेपालगञ्जमा धेरै देखिएको छ । सन् २०२१ मा जनावरका कारण नेपालगञ्जमा ५, भैरहवा र विराटनटरमा चार÷चार वटा घटना भएको छ ।

 

काठमाडौंमा सन् २०० र २१ मा जनावरको गतिविधिले घटना भएको रेकर्ड छैन । भरतपुर, लुक्ला, जनकपुर, चन्द्रगढी र सिमरा विमानस्थलमा समेत जनावरका कारण घटना भएको तथ्यांकले देखाएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एभिएसन सेफ्टी टिमले तयार पारेको अर्को एक तथ्यांक अनुसार नेपालमा सामान्यतया जहाज अवतरण गर्दा वन्यजन्तुको बढी सामना गर्नु परेको छ । त्यसपछि धावनमार्गमबाट उडान गर्ने क्रममा घटना हुने गरेको छ । चरासँग भने टेकअफ, ल्यान्डिङ र अप्रोच तीन वटै बेला जोखिमको सामना गर्नु पर्छ । चरा र जनावरसँग जहाज ठोक्किँदा ठूलो दुर्घटना टरिहालेमा पनि वायुयान र उनीहरुको व्यापारमा भने ठूलो क्षति हुने गर्छ । अघिल्लो साता जजिरा एयरवेजको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्दा चरा ठोक्किएपछि एक दिन उडान नै रद्द गरी रोकिनु परेको थियो ।

न्यूनीकरण गर्न के–के गरिन्छ ?

गत १६ कात्तिक २०७८ मा नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेपछि विमानस्थल आसपास रहेको झाडी फडानी गर्न थालिएको थियो । त्यसबेला धेरैले घटना भइसकेपछि एक्सनमा उत्रिएको भन्दै प्राधिकरणको आलोचना गरेका थिए ।

 

नेपालमा वन्यजन्तु र चराचुरुङ्गीका कारण उडान सुरक्षामा पर्ने जोखिम न्यूनीकरणबारे धेरै बहस भए पनि कार्यान्वयनमा कमजोरी देखिने गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा विमानस्थलको सुरक्षामा फोहोरले बढी चुनौती दिने गर्छ ।

 

सडकमा असरल्ल छाडिने फोहोर र त्यसमा झुम्मिने कागको बथानका कारण यहाँ बढी जोखिम हुने गर्छ । वर्षायाममा गड्यौंला बढी बाहिर देखिने र त्यसको शिकारमा आउने चराले समेत बढी भूमिका खेल्ने गरेको प्राधिकरणको भनाइ छ । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार यहाँ ‘वर्ड स्क्यानिङ डिभाइस’मार्फत चरा भगाउने गरिएको छ ।

 

जहाजलाई चराबाट जोखिम हुने देखिएपछि बम विष्फोट जस्तै हुने गरी डिभाइस पड्काएर चरा धपाउने गरिन्छ । गड्यौंला नियन्त्रण गर्न ठेक्का नै लगाएर धावनमार्ग आसपास केमिकल छर्किने गरिएको छ ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व