बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ का प्रेमसिंह रावत चार दिनदेखि बेपत्ता भएका छन् । सौडाली बस्ने ३५ वर्षीय रावत मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।बोल्न नसक्ने तथा हातले इसारा गर्ने रावत मङ्गलबार बिहान घरबाटै सम्पर्कबिहिन भएको आफन्तको भनाई छ ।
रावत परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका दाजु अम्मर रावतले बताउनुभयो। यदि कँहिकतै फेला पारेको खण्डमा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न तथा ९८४८४३०६०७ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
(Source : रेडियो बैतडी)









Discussion about this post