महेन्द्रनगर- समाजसेवी तथा व्यवसायी भोजराज जोशी (क्वालिटी)ले कर्मचारीको तलब बढ्नु समस्या नभई गरीब जनताको ढाड सेक्ने गरी मूल्य वृद्धि हुनु आपत्तिजनक रहेको बताएका छन्।
रोजगारी न्यून हुनु तर दैनिक रुपमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनु गरीब जनताको लागी निकै दुःखको कुरा रहेको उनको भनाई छ।
देशको अत्याधिक जनताको घरमा दैनिक ज्याला मजदुरी गरी बेलुकी चुलो बल्ने गर्दछ। त्यही बल्ल तल्ल पाएको मजदुरी गरेर ल्याएको पैसाले पनि खान नमिल्ने गरी मूल्य वृद्धि हुनु गरिबको लागि श्राप जस्तै भएको उनी बताउँछन्।
वैदेशिक ऋणले देश चलाउनु भन्दा देशको अर्थतन्त्र बलियो बनाउन युवाहरुलाई स्वरोजगारी तालिम दिनु पर्ने उनको भनाई छ।
यसका साथै विदेशबाट वस्तुहरू आयात नगरी हरेक सामग्री आफ्नै देशमा उत्पादन गर्ने कलकारखाना सञ्चालन गरेर देश भित्रै युवालाई रोजगारी गर्नु पर्ने उनको भनाई छ।
क्वालिटीले क्वालीटी साक्षरता अभियान सञ्चालन गरी सयौ युवालाई स्वरोजगार तालिम दिँदै आएका छन्।









Discussion about this post