Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

(नेकपा एमाले) बेदकोटको प्रतिबद्धता पत्र जारी : चार लेन सडक बनाउने देखि सामुदायिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गर्ने सम्मका योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १९, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । नेकपा(एमाले)का तर्फका उम्मेदवारहरुले बेदकोट नगरपालिकाको मेयर लगयतका पदमा विजयी भए नगरभरीका सामुदायीक विद्यालयहरुलाई प्राविधिक विद्यालयको रुपमाा विकास गर्ने भएको छ । नेकपा एमालेलेको बेदकोट नगरपालिका कमिटिले जारी गरेको प्रतिबद्धता पत्रमा नेकपाएमालेको सरकार नगरमा आए भने सामुदायिक विद्यालयहरुलाई प्राविधिक विद्यालय बनाउने उल्लेख गरेको हो । नेकपाएमालेले बेदकोट कमिटिले ‘समृद्ध बेदकोटको आधार, शिक्षा स्वास्थ्य र रोजगार , कृषि उद्योग, पर्र्यटन र संंचार विकासका पूर्वाधार’ भन्ने मुला नाराका साथ आफ्नो प्रतिबद्धता–पत्र जारी गरेको छ । एमालेले बेदकोटमा स्थानीय उद्योग तथा रोजगारी देखि लिएर सुशासन तथा आर्थिक पारदर्शितासम्मका सपना बाडेको छ । संगसगै बेदकोट नगरपालिकामा नगर चक्रपथलाई यथासिघ्र सम्पन्न गरिने प्रतिबद्धता समेत एमालेलेको गरेको छ । बेदकोट नगरपालिकामा एमाललेले कृषिलाई आधुनिकरण, व्यवसायीकरण तथा औद्योगीकरण कृषिको विकास गरिने जनाएको छ । उसले दैजीदेखि छेलासम्मको सडकलाई चार लेनको बनाउने समेत जनाएको छ । एक वडा एक उत्पादन कार्यक्रम संञ्चालन गरिने उसले जनाएको छ ।
बेदकोटको शिक्षा क्षेत्रमा कक्षा १२ सम्म निशुल्क पढ्ने व्यवस्था गर्ने, स्वास्थ्य चौकीहरुलाई सुविधासम्पन्न बनाउने, जेष्ठ नागरिकहरुलाई ६÷६ महिनामा निशुल्क स्वास्थ्य परिक्षण गरिने, छेला औद्योगीक क्षेत्रको कार्यलाई अगाडि बढाउने पहल गरिने लगायतका एमालेले प्रतिबद्धता गरेको घोषणा पत्रको बारेमा उल्लेख गर्दै नेकपा(एमाले) बेदकोट नगरपालिकाको प्रचारप्रसार संयोजक कृपाराम रानाले बताए ।
कञ्चनपुर जिल्लामा महिलालाई पत्याउने पहिलो पार्टी नेकपा(एमाले) भएको कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद नर बहादुर धामीले बताए । उनले नेकपा एमालेलाई जितायो भने महिला उत्थान तथा महिलाहरुको विकासमा टेवा पुग्ने समेत बताए ।
नेकपा(एमाले) ले बेदकोट नगरपालिकामा ५२ पदका लागि हुने चुनावमा २५ जना(झण्डै पचास प्रतिशत) महिला उम्मेदवार बनाएको नेकपा(एमाले) जिल्ला कमिटि सदस्य हिक्मत बहादुर सिंहले बताए । राजनिति क्षेत्र लगायत अन्य क्षेत्रमा महिला प्रतिनिधित्व गराउनको लागि भए पनि बेदकोटमा नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउनेपर्नेमा उनले जोड दिए । उनले जिल्लामा नेकपा(एमाले)को जनलहर रहेको भन्दै बेदकोटमा आफ्नो पार्टीले जित्ने विश्वास व्यक्त गरे ।
नेकपा(एमाले) बेदकोट नगरपालिाका कमिटिको प्रतिबद्धताहरु यस प्रकारका छन ः

क) शिक्षा
१. बालविकास कक्षाहरुलाई व्यवस्थीत र सुविधा सम्पन्न बनाईने छ ।
२. नगर भित्र रहेका सामुदायीक विद्यालयहरु लाई प्राविधिक विद्यालयको रुपमा विकास गरिनेछ ।
३. आधारभूत तह सम्म स्थानीय पाठ्यक्रम तयार गरि लागु गरिने छ ।
४. निजि श्रोतका शिक्षकहरुले दिर्घकालिन व्यवस्थापनका लागि नगर शिक्षकको रुपमा रपान्तण गरिनेछ ।
५. उच्च शिक्षा अध्ययनका लागि नगरपालिका भित्र सामुदायिक कलेज स्थापना गरिनेछ ।
६. नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरुमा ईन्टरनेट जडान गरि शिक्षण सिकाई प्रविधिको पहुचको सुनिश्चितता कायम गरिनेछ ।
७. सामुदायीक र सस्थागत विद्यालय विच समन्वय कायम गरी शिक्षाको गुणस्तर बृद्धिका लागि बिशेष साझेदारी कार्यक्रम संचालन गरिनेछ । ८. आधारभूत देखी माध्यमिक तहसम्मको शिक्षा पुर्ण निःशुल्क गरिनेछ ।
९. स्वच्छ शैक्षिक वातावरणका लागि सुविधा सम्पन्न, भौतिक पुर्वाधारको विकासमा प्राथमिकता दिईनेछ ।
१०. नगर भित्र रहेका विद्यालहरुमा अनुशासित वातावरण श्रृजना गरि गुणस्तर शिक्षामा जोड दिईने छ ।
११. खेलकुद लाई व्यवस्थीत गर्न नगर खेलकुद विकास समिति गठन गरिनेछ ।

ख) स्वास्थ्य सेवा
१. निर्माणाधिन रहेको १५ शैयाको अस्पताललाई नगर अस्पतालको रुपमाा विकास गरिनेछ ।
२. नगरभित्रका अस्पताल, स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य केन्द्रहरुलाई थप व्यवस्थीत गरिनेछ ।
३. प्रत्येक ६÷६ महिनामा जेष्ठ नागरीकहरु तथा दिर्घरोगबाट पिडितहरुको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईनेछ ।
४. युवाहरुमा बढ्दो लागु पदार्थ तथा दुव्र्यसनलार्य न्यूनिकरण गर्न आवश्यक कार्यक्रम गरिनेछ ।
५. प्रादेशिक अस्पतालसंग समन्वय गरी नगर भित्र आवश्यक अनुरुप विशेष सेवाको व्यवस्था गरिनेछ ।
६. स्वास्थ्य विमालाई प्रभावकारी रुपमा अगाडि बढाईने छ ।
७. प्रत्येक वडामा निःशुल्क स्वास्थ्य प्रयोगशालाको स्थापना गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाईनेछ ।
८. स्वयंसेवीका तथा आमा समुहहरु लाई सक्रिय बनाई परिचालन गरिनेछ ।

ग) यातायात तथा पूर्वाधार विकास
१. नगर क्षेत्र भित्रको प्रस्तावित बेदकोट नगर चक्रपथलाइ यथाशिघ्र सम्पन्न गरिनेछ ।
२. सबै स्थानीय सडकहरुलाई कालोपत्रे गरिनेछ ।
३. ग्रामिण सडकहल् स्तरोन्नती गरी फराकिलो बनाईने छ ।
४. आवश्यकताको आधारमा नयाँ ग्रामिण सडक तथा स्थानीय सडक खोली यातायताको पहूचको व्यवस्था मिलार्यने छ ।
५. बेदकोट नगर क्षेत्र भित्र रहेका खोला नालाहरुको वहाव लाई सन्तुलित गर्दै सडक सहितको तटबन्ध निर्माण गरिनेछ ।
६. दैजी जोगबुडा सडक खण्डको दैजीछेला सम्मको सडकलाई चार लेनको विस्तार गरिनेछ ।
लगायतका विभिन्न क्षेत्रमा नेकपा(एमाले)ले प्रतिबद्धता जाहेर गरको छ ।

बेदकोट नगरपालिकामा नेकपा(एमाले) बाट मेयर र उपमेयर दुवैपदमा महिला उम्मेदार रहेका छन । नगर प्रमुखमा सुशिला सिंह र नगर उप–प्रमुखकमा पार्वती जोशी प्रतिस्पर्धामा रहेका छन ।

 

(धर्मा रोकायाले नयाँखबरमा लेखेकी छन्।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व