Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्वाचन अधिकृतहरु तालिम सकेर कार्यक्षेत्रमा खटिए, उनीहरुले के के काम गर्नेछन् ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त गरेर तालिम दिइसकेको छ । निर्वाचन अधिकृतहरु तालिम सकेर शनिबारदेखि नै आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।

‘बैशाख ८ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुलिसक्छ,’ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले भने, ‘उहाँहरु कार्यक्षेत्रमा जान र तयारी गर्न अबको केही दिन छुट्याइएको हो ।’ उनका अनुसार, जिल्ला निर्वाचन कार्यालयको सहजीकरणमा उनीहरुले स्थानीय तहमा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतको काम गर्नेछन् ।

 

निर्वाचन आयोगका प्रतिनिधिका रुपमा रहने उनीहरुले निर्वाचनको तयारीदेखि मतदान र मतगणना गरी निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । निर्वाचन आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार तोकिएको छ ।

निर्वाचन आयोगले ७७ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । सम्बन्धित जिल्लाका एक नम्बर (बरियतक्रममा सबैभन्दा माथि रहेका) न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने न्याय सेवा र प्रशासन सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर कार्यक्षेत्रमा पठाइएको छ ।

 

मुख्य निर्वाचन अधिकृतले के काम गर्नेछन् ?

मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगको मातहतमा रहेर आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामको समन्वय र अनुगमन गर्छन् । साथै आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम पनि उनैले गर्ने व्यवस्था छ ।

निर्वाचन अधिकृतको मुख्य काम गाउँ तथा नगरपालिकामा स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन गराउनु हो ।
निर्देशिकामा मुख्य निर्वाचन अधिकृतलाई पाँच फरक जिम्मेवारी तोकिएको छ । पहिलो, निर्वाचनमा खटिने कर्मचारीका लागि संघीयदेखि स्थानीय तहका कर्मचारीको विवरण मगाउन सक्नेछन् । साथै सरकारको स्वामित्वमा रहेका संस्थानदेखि विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको विवरण मगाउनेछन् ।

मुख्य निर्वाचन अधिकृतले जिल्लाका अरु निर्वाचन अधिकृतसँग समन्वय गरेर सबै मतदान केन्द्रमा कर्मचारी खटाउने र त्यसको विवरण निर्वाचन अधिकृतलाई पठाउनुपर्ने निर्देशिकामा व्यवस्था छ । जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन अधिकृतहरुसँग समन्वय गर्ने भनी तेस्रो जिम्मेवारी तोकिएको छ ।

साथै मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन सम्पन्न भएपछि निर्वाचन अधिकृतहरूबाट प्राप्त प्रतिवेदनको आधारमा एकमुष्ट प्रतिवेदन निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ । निर्देशिकामा मुख्य निर्वाचन अधिकृतको अर्को कामबारे भनिएको छ, ‘आयोगले तोके बमोजिमका अन्य काम गर्ने ।’

 

स्थानीय तहमै खटिन्छन् निर्वाचन अधिकृतहरु

निर्वाचन आयोगले हरेक स्थानीय तहमा एकजना निर्वाचन अधिकृत खटाएको हुन्छ । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचन अधिकृतको काम समेत गर्छन् । निर्वाचन अधिकृतले स्थानीय तहको निर्वाचनका साथै गाउँ÷नगर कार्यपालिकाको महिला, दलित र अल्पसंख्यक सदस्यको निर्वाचनको अधिकृतको रुपमा समेत काम गर्नेछन् ।

निर्वाचन अधिकृतको मुख्य काम गाउँ तथा नगरपालिकामा स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन गराउनु हो । निर्वाचन अधिकृतले आफ्नो कार्यालय र स्थानीय तहमा निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछन् भने त्यसै अनुसार मनोनयन दर्तादेखि निर्वाचनको नतिजा समेत घोषणा गर्नेछन् । मतदान केन्द्रको व्यवस्थापनदेखि मतगणनाको व्यवस्थापनका काम समेत निर्वाचन अधिकृतको हो ।

मतदान केन्द्रको अनुगमन, निरीक्षण लगायत मतगणना गर्न तोकिएको स्थानमा मतपेटिका संकलन गर्ने व्यवस्था मिलाउने र मतपेटिका बुझी सुरक्षितसाथ राख्ने काम समेत निर्वाचन अधिकृतको हो । यसपटकदेखि निर्वाचन आचारसंहिता पालना गर्ने गराउने भूमिका समेत निर्वाचन अधिकृतलाई तोकिएको छ । निर्वाचन गराउनका लागि निर्वाचन अधिकृतले सहायक निर्वाचन अधिकृत लगायतका कर्मचारी नियुक्त गर्छन् ।

 

(स्रोत : onlinekhabar.com) 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व