Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हप्तामा दुई दिन बिदा दिने गृहकार्यमा सरकार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गर्ने गृहकार्य अघि बढाएको छ । बिदा थप्दा सरकारी तवरबाट हुने इन्धन खर्च घट्ने र त्यसबापत बाहिरिने विदेशी मुद्रा जोगिने सरकारको बुझाइ छ ।

सार्वजनिक बिदा थप्ने विषयमा गत २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको थियो । अहिले सचिव शंकरदास बैरागीसहित केही सचिवको टोलीले यसबारे गृहकार्य गरिरहेको छ । ‘सार्वजनिक बिदा थप्दाको मोडालिटी के हुन्छ, अन्तर्राष्ट्रिय अभ्यास, यसका विकल्पहरू, बिदा थप गर्दा हुने असरलगायतमा विभिन्न कोणबाट छलफल भइरहेको छ,’ एक सचिवले भने ।

 

अहिले साप्ताहिक रूपमा शनिबार बिदा छ भने शुक्रबार आधा दिनपछि छुट्टी दिने व्यवस्था छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अकासिँदा त्यसबापत ठूलो रकम बाहिरिएर घाटा चुलिन थालेपछि नेपाल आयल निगमले इन्धनको आयात कम गर्ने विकल्पस्वरूप सार्वजनिक बिदा बढाउने प्रस्ताव सरकारलाई गरेको थियो ।

शनिबार र आइतबार लगातार दुई दिन बिदा दिने कि आइतबार र बुधबार बिदा दिने भन्ने विषयमा छलफल चलिरहेको छ । यद्यपि, शनिबार र आइतबार नै उपयुक्त हुने विषयमा अधिकांशको एकमत रहेको एक सचिवले बताए । ‘बीचमा बिदा दिँदा कार्यसम्पादनमा झन् ठूलो असर पर्ने देखिन्छ,’ ती सचिवले भने, ‘त्यसैले शनिबार र आइतबार नै क्रमशः बिदा दिने गरी छलफल अघि बढेको छ ।’

दुई दिन बिदाको व्यवस्था गरिँदा शुक्रबार पनि पूरै दिन कार्यालय समय तोक्ने विषयमा पनि लगभग एकमत छ । त्यस्तै, कार्यालय समय पनि बढाउनुपर्ने मत छ । ‘बिदा बढ्ने भएपछि अरू दिन कार्यालय समय पनि बढाउनुपर्ने आवश्यकता स्वाभाविक हुन्छ,’ अर्का एक सचिवले भने, ‘यसका लागि हालको कार्यालय समयमा बिहान र बेलुका एक या आधा घन्टा समय थप्नुपर्छ ।’ अहिले बिहान १० देखि बेलुकी ५ बजेसम्म कार्यालय समय छ । बिदा थप्दा बिहान नौ या साढे नौ र बेलुका साढे पाँच वा ६ बजेसम्म कार्यालय समय थप गर्नेगरी गृहकार्य भइरहेको छ ।

दुई दिन बिदाको व्यवस्था गर्दा हाल भइरहेका सार्वजनिक बिदा पनि कटौती गर्ने कि भन्ने विषयमा पनि छलफल चलिरहेको छ । यसका लागि चाडबाड, दिवस, जन्मजयन्ती, अन्य अवसरमा दिइने बिदा कटौती गर्नुपर्छ । गृह मन्त्रालयले गत २६ फागुनमा प्रकाशित गरेको राजपत्र सूचनाअनुसार ०७९ मा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक बिदा छ । ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी यो वर्ष ९५ दिन सार्वजनिक बिदा छ ।

‘बिदा थप गर्दा चाडबाड, दिवस, जन्मजयन्तीलगायतका अवसरमा दिइएका बिदा कटौती गर्नुपर्ने हुन्छ,’ ती सचिवले भने, ‘यस्ता बिदा एकदम थोरैमा झार्नुपर्छ, सम्भवतः बढीमा १० दिनको हाराहारीमा मात्र अरू बिदा कायम हुन्छ ।’ बिदा थपका विषयमा अध्ययन गरेर कार्यविधि नै जारी गर्ने तयारी सरकारको छ । यसका लागि मन्त्रिपरिषद्ले पनि सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सार्वजनिक बिदा बढाउने विषयमा छलफल जारी रहेको बताए । ‘सातामा दुई दिन बिदा दिने कुरा बहसको विषय छ । छलफलको कुरा हो । यस विषयमा अहिले निर्णय नभइसकेकाले केही भन्न मिल्दैन,’ शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने ।

 

(स्रोत : nayapatrikadaily.com )

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व