डोटी –सेती नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका– ६ भिताडीका ६० वर्षीय राम ताम्राकारको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिखर नगरपालिका –२ मुडेगाउँ स्थित कालागाडनजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएका बेला नदीमा नुहाउने क्रममा ताम्राकारको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रुप सिंह थापाले जानकारी दिए ।
(स्रोत : सगुन खबर)









Discussion about this post