Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोजगारीका लागि साउदी अरब पुगेका २१ नेपाली अलपत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउदी : रोजगारीका क्रममा साउदी अरब पुगेका २१ नेपालीलाई कम्पनीले तोकिएको सेवा सुविधा नदिएपछि अलपत्र परेका छन्। म्यानपावरसँग राम्रो काम र पारिश्रमिकको सम्झौता गरेर ६ महिना अघि साउदी पुगेका उनीहरूले तोकिएको तलब र सुबिधा त पाएनन् नै कम्पनीबाट समेत निकालिएका छन्।

 

मार्स सर्भिस म्यानपावरले ७ अक्टोबर २०२१ मा इन्टरनेसनल सामा एन्ड मेन्टेनस कम्पनीमा उनीहरूलाई पठाएको थियो। कम्पनीले २१ जनाकै राहदानी राखेर निकाली दिएको पीडितहरूले बताए। कम्पनीबाट निकालिनेमा सिन्धुलीका ४, काभे्रका २, कास्कीका ३, सर्लाहीका २, तनहुँका ३, बैतडी ३, पर्वत २, हेटौंडा र पर्वतका १÷१ जना छन्।

 

अलपत्र सिन्धुलीका विष्णु वाइबा, सन्तोष पाख्रिन, अमृत पोख्रेल र राजु भुसाल काभ्रेका तुलरीन जिम्बा र जोन घलान, कास्कीका सागर राना भाट, सुवास विक र विराट थापा, सर्लाहीका वीरबहादुर डोङ र दीपककुमार सिंह, तनहुँका बलबहादुर थापा तनहुँ, टेकबहादुर आले र खेमबहादुर थापा, बैतडीका हरिस साउद, पदम साउद र जनक मेहता, पर्वतका जनक लामिछाने र किरज कुँवर साथै हेटौंडाका पर्वत घिसिङ हेटौडा र गोरखाका वुद्धी वहादुर गुरुङ हाल नेपालीको सरणमा छन्।

 

 

उनीहरूलाई साउदीको रियाद वथामा रहेको नेपाली होटल लालीगुराँसका सञ्चालक यम तमुले नेपालीहरूसँगको सहकार्यमा खाना र बस्नको व्यवस्था गर्दै आएका छन्।

 

 

पीडितका अनुसार नेपालमा म्यानपावरले दिराममा १ हजार तलब र ३ सय ओभर टाइम दिने सम्झौता गरेको थियो। तर, कम्पनीले सुरुवातमा नै ओभरटाइमको २ सय मात्रै दिए र तीन महिनापछि ८ सय तलब र २ सय दिराम दिएर ठगेको पीडित मध्येका एक बैतडीका हरिस साउद बताउँछन्। सम्झौताअनुसार नभए काम नगर्ने र स्वदेश फर्कने बताएपछि कम्पनीले निकालिदिएको उनी बताउँछन्। ‘हामीले सम्झौताबमोजिम होस् भनेर कुरा गर्दा, सबैलाई निकालिदिएको हो,’ उनले भने।

 

 

अलपत्र परेपछि दूतावास र म्यनपावरलाई जानकारी गराए पनि सहयोग र उद्धार नगरेको पीडितहरूको गुनासो छ। साउदी अरेबियाको श्रम काउन्सिलरका सहचारी जीवन राई नेपाली अलपत्र परेको सूचना दुतावासले पाउनासाथ सम्बन्धित कम्पनी र नेपालको म्यानपावर सञ्चालकाबीच छलफल गराएको भए पनि अटेर गरेको बताए। ‘हामीले कम्पनी र म्यानपावर सञ्चालकलाई कामदारको समस्या समाधान गर्न अनुरोध गरेका थियौं। तर, म्यानपावरले जिम्मेवारीपूर्ण ढंगले काम नगरेपछि चैत १४ मा कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठाएका छौं,’ सहचारी राईले भने। दूतावासको सहयोगमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि आवश्यक कदम चाल्ने उनले बताए।

 

 

कामदारबाट साउदी पठाउँदा म्याननपावरले प्रतिव्यक्ति १ लाख ३० हजारदेखि १ लाख ७० हजारसम्म रकम लिएको पीडित बताउँछन्। पीडितहरूले आफूहरूलाई सम्बन्धित कम्पनीले अलपत्र पारेको गुनासो म्यानपावर सञ्चालक जयराम खत्री, प्रकाश बोहोरा र एजेन्ट अनिलकुमार ठाकुरलाई पटक–पटक जानकारी गराएका थिए। तर, कुनै सुनुवाइ नभएको अलपत्र नेपाली बताउँछन्।

(स्रोत : annapurnapost.com )

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व