साताको पांचौँ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । तीनदिन लगातार घटेको सुनको भाउ आज बिहीबार भने उकालो लागेको हो ।
आज सुनको भाउ तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा सुनको भाउ आज १०० रुपैयाँले बढेको हो । आज तेजावी सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post