ए जिन्दगी! व्यापार विश्वासको चलेको छ।
जताततै खोज तलास खासको चलेको छ।
सधैं समृद्धिको भाषण सुनी घर फर्कने म
सुन्छु घरमा चर्चा गास बासको चलेको छ।
उड्दा सपना बटुलेर मात्रै पनि खुसी हुन्छु,
त्यसैले त जहिले यात्रा खोज तलासको छ।
मान्छेलाई उसको क्षमताभन्दा बढी पच्दैन,
हेर्नुस् कसरी चलन सर्वनासको चलेको छ।
यसै पनि जिन्दगी सधैं पतझर जस्तै लाग्छ,
अझ झन चर्चा देशमा बतासको चलेको छ।
इतिहास साक्षी छ अँध्यारो युग समाप्त हुने
अँध्यारो माथि शासन प्रभासको चलेको छ।









Discussion about this post