सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘बीग बोस’ मा छैन चासो

मुम्बई – टेलिभिजन रियालिटी शो ‘बीग बोस’को १३ औं सिजनमा को–को सेलिब्रेटी प्रतिष्पर्धीका रूपमा सहभागी हुँदैछन् भन्ने कुराको अड्कलबाजी सुरु भएको छ । बक्सर विजेन्दर सिंह, अभिनेत्री महिमा चौधरी र फेशन डिजाइनर रितु बेरीले पहिले नै आफूहरू शोमा नदेखिने भन्दै अस्वीकार गरेपछि अब कुन–कुन अनुहार शोमा देखिएलान् भन्ने चर्चा सुरु भएको हो ।

समाचार अनुसार जरीन खान, चङ्की पान्डे, राजपाल यादव, वरीना हुसैन, देवोलीन भट्टाचार्जी, अंकिता लोखन्डे, राकेश वशिष्ट, महिका शर्मा, डैनी डी, जीत चिराग पासवान, राहुल खन्डेलवाल, हिमांश कोहली, मेघना मलिक, महाक्षय चकवर्ती, दयानंद शेट्टी, फैजी बू, सोनल चौहान, फाजिलपुरिया र सिद्धार्थ शुक्ला शोमा भाग लिने सम्भावना बढेको छ । तर यीमध्ये अधिकांशले शोमा आफूहरू भाग नलिने बताएका छन् ।

यी नाम बाहिर आए पनि कसैको नाम पुष्टि गर्नु अहिलेका लागि हतारो हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शोमा सहभागिता जनाउने प्रतिष्पर्धीले सय दिनसम्म बहुआयामी क्यामराको सामना गर्नुपर्ने हुन्छ । बक्सर विजेन्दरले यो शोको हिस्सा बन्नका लागि आफूलाई कुनै रुची नभएको बताए । अभिनेत्री महिमाले पनि आफू शोमा नदेखिने बताइन् । त्यस्तै जरीन खानले पनि आफू ‘बीग बोस’मा जाने भन्ने खबर झुटो भएको बताइन् । ‘आफ्नो बारेमा खबर पढेर मलाई हाँसो लागेको छ । ‘बिग बोस १३’मा म जाने भन्ने खबर पूर्ण रूपमा असत्य हो’, उनले भनेकी छन् ।

अंकिता, हिमांश र ¥यापर फजिलपुरियाले पनि आफूहरू ‘बीग बोस’मा सहभागी हुने भन्ने हल्ला निराधार रहेको बताए । महिका र देवोलीनाले न त अस्वीकार गर्न सके, न त त्यसलाई पुष्टि नै गर्न सके । ‘बीग बोस १३’को सुटिङ यसपटक मुम्बईको लोनावलामा नभई गोरेगाउँको फिल्म सिटीमा हुनेछ । शोको सञ्चालन अभिनेता सलमान खानले गर्नेछन् । भारतमा सन् २००६ देखि ‘बीग बोस’को अन्तर्राष्ट्रिय फ्रेन्चाइजीको शुभारम्भ भएको थियो । भारतमा यो बंगाली, कन्नाडा, मराठी र तमिल भर्सनमा छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.