सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘नेपालमा जलवायु परिवर्तनको असर, नखाएको विष लाग्यो’

राष्ट्रपति विद्यादेवी भण्डारीले विकसित देशले उत्सर्जन गर्ने कार्वनका कारण नेपालले जलवायु परिवर्तनको ठूलो असर भोग्नु परेको बताएकी छन् ।

विश्व वातावरण दिवसको अवसरमा बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालले जलवायुमा असर पार्ने गरी कार्वन उत्सर्जन नगरेको उल्लेख गर्र्दै ‘नखाएको विष पनि लाग्छ’ भन्ने उखान चरितार्थ भएको बताइन् ।

‘विकसित देशले कार्वन उत्सर्जन गर्छन,’ उनले भनिन्, ‘त्यसको असर हामीले पनि भोग्नुपरेको छ ।’ उनले जलवायु परिवर्तनले हरेक क्षेत्रमा असर पारेको बताइन् । जलवायु परिवर्तनका कारण नेपालका विभिन्न भागमा अतिबृष्टि र अनाबृष्टिले ठूलो असर गरेको उनको भनाई थियो । उनले काम गर्दा जलवायु परिवर्तनको असर नहोस भन्ने ध्यान दिन आग्रह गरिन् ।

विश्व वातावरण दिवसको अवसरमा बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालले जलवायुमा असर पार्ने गरी कार्वन उत्सर्जन नगरेको उल्लेख गर्र्दै ‘नखाएको विष पनि लाग्छ’ भन्ने उखान चरितार्थ भएको बताइन् ।

Mahakali Polytechnic

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले नेपाल जलवाय परिवर्तनको जोखिममा परेको चौथो मुलुक भएको बताए । पहिले दिगो विकास प्राथमिकता हुने गरेकोमा अब जलवायु परिवर्तनका कुरा मुख्य बनेको उल्लेख गरे । उनले विकास गर्दा पनि पहिले वातवरणलाई ध्यान दिन सुझाव दिए ।
‘जलवायु परिवर्तन अहिलेसम्म मुद्दाको रुपमा स्थापित भएको छैन,’ उनले भने, ‘जबकी यसको प्रभाव विकराल बन्दै गएको छ । अबको प्रमुख मुद्दा जलवायु परिवर्तन हुनुपर्छ ।’ उनले हिम श्रृंखला पग्लेर हिमाल नांगो बन्दै गएको विकराल अवस्था दर्शाउँदै अब आम जनताको मुद्दा हुनुपर्ने बताए ।

World Link Ads

जलवायु परिवर्तनले पार्ने प्रभाव विकराल भए पनि त्यसतर्फ चेतना भने निकै कम रहेकोमा वस्नेतले चिन्ता व्यक्त गरे । अव जलवायु परिवर्तनलाई मुख्य मुद्दा बनाउन ढिलाई गर्न नहुने बताए ।

Sana Kishan

वन मन्त्रालयले आयोजना गरेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयको राष्ट्रिय गोष्ठीमा नेपालमा बढी असर भोगेका प्रदेश ५, कर्णाली र सुदुर पश्चिमका मुख्यमन्त्री भने सहभागी भएनन् । उनीहरुलाई निमन्त्रणा गरे पनि सहभागी नभएका हुन् ।

नयाँ पत्रिकाबाट सभारित

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds