सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१४औ जातीय छुवाछूत तथा भेदभाव उन्मुलन राष्ट्रिय दिवस बेदकोट नगरपालिकामा समपन्न ।

कञ्चनपुर-कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाले आज मंगलबार १४ औं जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवस मनाएको छ ।

समृद्ध बेदकोट नगरको आधार,कृषि, उद्योग, पर्यटन र पुर्वाधार भन्ने मुलनाराका साथ आज १४ र्औ जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवस मनाईएको बेदकोट नगरपालिकाका कर्मचारी प्रकाश कलौनीले जानकारी दिनु भयो। वहाँका अनुसार अहिले पनि समुदायमा लुकेर रहेको जातीय छुवाछुत लाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको जानकारी गराए ।

बेदको नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भने आफ्नो नगरलाई कसरी छुवाछुत मुक्त गरिन सकिन्छ आफु लागि परेको बताउदै पहिलेको भन्दा जातीय विभेद घट्दै गएको बताए । यस्तो कतै जानेर वा नजानेर बिभेद भएको भए आफुलाई खवर गर्न समेत जानकारी गराउदै जनचेतनाको कमिले यस्ता विभेद गरिने बताए ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय सांसद मान बहादुर सुनारको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि प्रदेशसभाका सांसद माननीय लाल बहादुर खड्का , पुर्ब सांसद नन्दी सिह सार्की , सभापति बेदकोट नगर प्रमुख ज्यु हुनुहुन्थ्यो भने अतिथिमा बेदकोट उपप्रमुख, बेदकोट नगरपालिकाका वडा अध्यक्षहरु , नगर कार्यपालिकाका सदस्य, नेकपाका प्रतिनिधि हिरा जैसी , नेपाली कांग्रेसका प्रतिनिधि भुवन भट्ट , पदम सार्की , बिष्णु दमाई , गणेश नेपाली लगायत स्थानीय वासीको सहभागि रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.