सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन बोलाईयो नेकपाका पत्रकारलाई धुम्बाराहीमा

५ जेठ, काठमाडौं । सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनरत छ । तर, महासंघको आन्दोलनलाई मथ्थर बनाउने उद्देश्यले नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउने प्रक्रिया सुरु गरेका छन् ।

यसैक्रममा आइतबार बिहानै नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।

छलफलमा पत्रकार फाँट हेर्ने नेता र प्रचार विभागका नेताहहरुका साथै सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटासमेत सहभागी थिए । छलफलमा पार्टीका तर्फबाट दलका उपनेता सुवासचन्द्र्र नेम्वाङका साथै पम्फा भुसाल र योगेश भट्टराई सहभागी थिए ।

कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय नेता महेश्वर दाहाल लगायतका नेताहरु सहभागी छन् । संगठनका सहसंयोजक गणेश बस्नेत भने सहभागी भएनन् । आफू बिरामी भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको बस्नेतले अनलाइनखबरलाई बताए ।

Mahakali Polytechnic

त्यसैगरी नेकपानिकट पत्रकार मानिने प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि कार्यक्रममा उपस्थित थिएनन् । नेकपा निकट पत्रकारको भेलामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पनि निम्त्याइएको थिएन । श्रेष्ठ र आचार्य दुवैले आफूहरुलाई सो भेलाबारे कुनै जानकारी नभएको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

World Link Ads

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत विधेयकको विपक्षमा उभिँदै आएका छन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठ पनि सरकारले ल्याएको विधेयकको विपक्षमा छन् ।

Sana Kishan

सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयक नसच्याएसम्म महासंघको आन्दोलन नरोकिने आचार्यले बताउँदै आएका छन् ।

सरकारले विधेयक नसच्याएसम्म पत्रकार महासंघको आन्दोलन जारी रहने आचार्यले अनलाइनखबरलाई बताए । उनले भने, ‘सरकारले विधेयक फिर्ता लिनुर्पयो, वा संसदमा यसलाई संशोधन गर्छौं भनेर रुलिङ पार्टीबाट आधिकारिकरुपमा आउनुर्पयो । हाम्रो मुख्य माग भनेकै यो विधेयक सच्चिनुर्पयो भन्ने हो ।’

नेकपाकै समर्थक रहेका पत्रकारहरुसमेत सरकारले ल्याएको विधेयकको विपक्षमा उभिएपछि सत्तारुढ नेकपाका नेताहरुले आफू निकटका पत्रकारहरुलाई सम्झाउन सुरु गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

आइतबार धुम्बाराहीमा आयोजना गरिएको भेला त्यसैको सिलसिला भएको नेकपाका एक नेताले जानकारी दिए ।

छलफलमा सहभागी मन्त्री बास्कोटाले विधेयक फिर्ता नहुने अडान राखेको भेलामा सहभागी एक पत्रकारले अनलाइनखबरलाई बताए । तर, त्यसमा परिमार्जन गर्नुपर्ने भएमा छलफल गर्न सकिने मन्त्री बास्कोटाले बताएका थिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.