काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गर्नुभएको छ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका अनुसार नियुक्त हुने न्यायाधीशहरूमा रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहनुभएको छ।
राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै चारैजनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको जानकारी दिएको छ।










Discussion about this post