काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत २२औँ खेलमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा दुई विकेट गुमाउँदै ४६ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवातमै दुई महत्वपूर्ण विकेट गुमाएको हो। ओपनर अर्जुन कुमाल र मार्की खेलाडी कुशल भुर्तेल शून्य रनमै आउट भएपछि पोखरा दबाबमा परेको छ।
पावरप्ले सकिँदासम्म युवराज सम्रा ३९ र अर्जुन घर्ती ५ रनमा अविजित रहेका छन्। विराटनगरका एन्जेलो म्याथ्युज र चरिथ असलंकाले एक–एक विकेट लिएका छन्।
दुवै टोलीका लागि यो प्रतियोगिताको छैटौँ खेल हो। पोखराले यसअघिका पाँच खेलमध्ये एकमा जित र चारमा हार बेहोरेको छ। यस्तै, विराटनगरले दुई खेल जित्दा तीन खेलमा पराजय भोगेको छ।
अंकतालिकामा पोखरा आठौँ स्थानमा रहँदा विराटनगर छैटौँ स्थानमा रहेको छ।










Discussion about this post