अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन विश्वव्यापी साझा चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।
टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा नेपाल पेभिलियनमा आयोजित एक विशेष कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका असरले कुनै भौगोलिक सीमा नचिन्ने भएकाले सबै देशबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएका हुन्।
‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले हिन्दूकुश हिमाली क्षेत्रको संरक्षण र सुदृढीकरणमा विशेष जोड दिएका थिए।
उनले पृथ्वीको पारिस्थितिक प्रणालीको स्वास्थ्य संरक्षण तथा मानवताको सामूहिक हित सुनिश्चित गर्न सरकार, अन्तर्राष्ट्रिय संस्था, विज्ञ र अन्य सरोकारवालाबीचको साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।










Discussion about this post