Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २६, २०८३
कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन जोड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का अधिकारीहरूले जोड दिएका छन्।

राष्ट्रप्रमुख तथा सरकार प्रमुखको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन विश्वकै गम्भीर चुनौती बनिसकेको भन्दै अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

कार्यकारी सचिव स्टिलले जलवायु कार्यलाई राष्ट्रहरूको सुरक्षा, आर्थिक स्थायित्व र जनजीवनसँग जोड्दै स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय सहकार्यका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको उल्लेख गर्दै जलवायु जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, कोप–३१ का अध्यक्ष कुरुमले जलवायु परिवर्तन ऊर्जा, उद्योग, कृषि, विकास र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्नुभयो। सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको बताउँदै उहाँले नेपालमा बाढीपहिरो, पाकिस्तानमा बाढी तथा प्रशान्त क्षेत्रका टापु राष्ट्रमा समुद्री सतह वृद्धि जलवायु सङ्कटका उदाहरण भएको बताउनुभयो।

उहाँले राष्ट्रिय जलवायु लक्ष्यलाई बजेट तथा लगानीसँग जोड्ने, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्ने र विपद् उत्थानशीलतालाई राष्ट्रिय विकास नीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

वार्ता अध्यक्ष क्रिस बोवेनले विश्वले ऊर्जा सुरक्षा सङ्कट, युद्ध तथा द्वन्द्वसँगै जलवायु सङ्कटको पनि सामना गरिरहेको बताउनुभयो। तापक्रम वृद्धिको प्रत्येक अंशले मानव जीवन, अर्थतन्त्र र वातावरणमा गम्भीर असर पार्ने भएकाले तत्काल सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।

जलवायु वित्तलाई छिटो, सरल र न्यायोचित बनाउँदै जोखिममा रहेका राष्ट्रको अनुकूलन क्षमता र विपद् उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय समुदायले लगानी वृद्धि गर्नुपर्नेमा पनि अधिकारीहरूले जोड दिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक
अर्थतन्त्र

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन
खेलकुद

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय राजनीति

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३
भाइटीकापछि एनपीएलमा आज दुई रोमाञ्चक खेल हुँदै

भाइटीकापछि एनपीएलमा आज दुई रोमाञ्चक खेल हुँदै

कार्तिक २६, २०८३
कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन जोड

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयन र वित्तीय सहयोग बढाउन जोड

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व