काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। पहिलो संस्करणको विजेता जनकपुर र दुई पटकको उपविजेता सुदूरपश्चिमबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
पाँच खेल खेलेको सुदूरपश्चिमले तीन जित र दुई हारसहित ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ। प्लेअफको सम्भावना बलियो बनाउन सुदूरपश्चिम आज जित निकाल्ने लक्ष्यमा हुनेछ।
यता, पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ। जनकपुर पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा मैदान उत्रनेछ।
आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।










Discussion about this post