काठमाडौं – नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (शर्टलिस्ट) मा परेका छन्।
बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो।
बोर्डको छनोट उपसमितिले सार्वजनिक गरेको सूचनाअनुसार शर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी, रामचन्द्र सेढाईं, रोहिणीप्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्रीप्रसाद भट्टराई, सन्तोषविक्रम थापा, सुरेशसिंह बुडाल र हिक्मत सिंह ऐर रहेका छन्।
छनोट उपसमितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई आगामी मङ्सिर १० गते शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित बोर्डको सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ।
अब उनीहरूको थप मूल्याङ्कनपछि पर्यटन बोर्डको नयाँ कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढ्नेछ।










Discussion about this post