काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको थियो।










Discussion about this post