काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पुर्याएको असरप्रति दुःख व्यक्त गरेका छन्।
देउवाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकको सुरक्षाप्रति चासो व्यक्त गर्दै बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

उनले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै देउवाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्नसमेत आग्रह गरेका छन्।










Discussion about this post