नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार राति सार्वजनिक मतपरिणामअनुसार थापाले सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै श्यामकृष्ण खड्कीलाई पराजित गर्दै सभापति पदमा निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका छन्। कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको समितिले जनाएको छ।

सभापति पदको मतपरिणाम सार्वजनिक भए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना भने आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार मतगणनाका लागि सबै मतपेटिका सिल गरेर पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।सभापतिका लागि सुरुमा तीन जनाले उम्मेदवारी दिएका थिए। अन्तिम समयमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो।
यसअघि विशेष महाधिवेशनबाट सभापति बनेका थापाको नेतृत्वलाई लिएर कांग्रेसभित्र विवाद उत्पन्न भएको थियो। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतको फैसलापछि पार्टीभित्रका विभिन्न समूहबीचको विवाद र समानान्तर गतिविधि जारी रहेको विवरण सार्वजनिक हुँदै आएको छ।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार राति १० बजे मतदान सम्पन्न भएको थियो। महाधिवेशनमा देशभरबाट तथा जनसम्पर्क समितिबाट गरी कुल ७ हजार ३१७ जना प्रतिनिधि सहभागी भएका थिए। अब बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।











Discussion about this post