Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रविले मिलाउन खोज्दा बालेनको टिप्पणीले चर्कियो बहस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २१, २०८३
रविले मिलाउन खोज्दा बालेनको टिप्पणीले चर्कियो बहस
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा राजनीतिक दलका शीर्ष नेताहरूले संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासका विषयमा सहकार्यको प्रतिबद्धता जनाएका छन्। फरक राजनीतिक विचार र प्रतिस्पर्धाका बाबजुद साझा मुद्दामा संवाद र सहकार्यको आवश्यकता रहेको नेताहरूले बताएका छन्।

महाधिवेशनमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक कटुता घटाउँदै संवादको वातावरण निर्माण गर्नुपर्ने सन्देश दिएका थिए। उनको सम्बोधन कांग्रेससहित अन्य दलसँग सम्बन्ध सुधार र सहकार्यको सम्भावना खोज्ने खालको देखिएको थियो।

तर, कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीले भने नयाँ बहस सिर्जना गरेको छ। गगनको सम्बोधनपछि प्रधानमन्त्री शाहले फेसबुकमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै स्टाटस लेखेका थिए।

प्रधानमन्त्रीको उक्त टिप्पणीलाई लिएर राजनीतिक वृत्तमा सरकारको आलोचना सहने क्षमता र पदीय मर्यादाबारे प्रश्न उठेका छन्। प्रधानमन्त्रीले आफूविरुद्ध उठेका राजनीतिक प्रश्नको जवाफ दिन र असहमतिलाई राजनीतिक तवरबाट सम्बोधन गर्न सक्ने भए पनि सार्वजनिक मञ्चको विषयलाई व्यङ्ग्यका रूपमा प्रयोग गर्नुले मूल प्रश्नलाई ओझेलमा पार्ने आलोचना भइरहेको छ।

खुलामञ्चको संरक्षण वा विकासमा कसैको योगदान भए त्यसको सम्मान हुनुपर्ने भए पनि सार्वजनिक संरचना र लोकतान्त्रिक मञ्चमाथि व्यक्तिगत स्वामित्वको दाबी गर्न नमिल्ने तर्कसमेत गरिएको छ। सार्वजनिक मञ्चमा उभिएर सरकारको आलोचना गर्नु लोकतान्त्रिक अभ्यासकै हिस्सा भएकाले आलोचना सुन्ने धैर्य पनि राजनीतिक नेतृत्वमा हुनुपर्ने देखिन्छ।

राजनीतिमा विगतका योगदानको सम्मान आवश्यक भए पनि त्यसकै आधारमा नागरिक वा राजनीतिक दलले प्रश्न गर्न नपाउने अवस्था सिर्जना हुन नहुने विश्लेषकहरूको धारणा छ। लोकतन्त्र कुनै एक व्यक्ति वा समूहको निजी उपलब्धि नभई लामो राजनीतिक संघर्ष, नागरिकको सहभागिता र संस्थागत अभ्यासबाट स्थापित व्यवस्था हो।

रास्वपा सभापति लामिछानेले अन्य दलसँग संवाद र सहकार्यको वातावरण बनाउन खोजिरहेका बेला प्रधानमन्त्री शाहका सामाजिक सञ्जाल अभिव्यक्तिले भने त्यसको विपरीत सन्देश दिएको देखिन्छ। पार्टी सभापति र प्रधानमन्त्रीबाट आउने राजनीतिक सन्देशबीच समानता नहुँदा नयाँ राजनीतिक शक्तिको राजनीतिक संस्कारमाथि समेत प्रश्न उठ्न सक्ने देखिन्छ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा व्यक्त गर्ने हरेक धारणा राजनीतिक रूपमा अर्थपूर्ण हुने भएकाले व्यक्तिगत आवेग र व्यङ्ग्यभन्दा माथि उठेर पदीय मर्यादा कायम गर्नुपर्ने आवश्यकता देखिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सरकारको कार्यशैली र राजनीतिक संस्कारसमेत प्रतिबिम्बित गर्ने भएकाले असहमतिलाई संवाद र तर्कमार्फत सम्बोधन गर्नु नै लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त हुने देखिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने
फ्ल्यास हेडिङ

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन
फ्ल्यास हेडिङ

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३
क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

कार्तिक १५, २०८३
२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

कार्तिक १५, २०८३
न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

कार्तिक १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व