काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ रहेको छ। यस्तै, युके पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ १८ पैसा र १०८ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ७३ पैसा र १२० रुपैयाँ २० पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा र २२ रुपैयाँ ८८ पैसा, साउदी रियालको ४० रुपैयाँ ७५ पैसा र ४० रुपैयाँ ९१ पैसा तथा कतारी रियालको ४२ रुपैयाँ र ४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।
यस्तै, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७० पैसा, दक्षिण कोरियन वन १०० को ११ रुपैयाँ २९ पैसा र ११ रुपैयाँ ३३ पैसा तथा स्वीडिस क्रोनरको १५ रुपैयाँ ४४ पैसा र १५ रुपैयाँ ५१ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनारको ४९७ रुपैयाँ २७ पैसा र ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनारको ४०५ रुपैयाँ ८९ पैसा र ४०७ रुपैयाँ ४८ पैसा तथा ओमनी रियालको ३९७ रुपैयाँ ४२ पैसा र ३९८ रुपैयाँ ९८ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने भएकाले कारोबारअघि अद्यावधिक दर हेर्न राष्ट्र बैंकले आग्रह गरेको छ।











Discussion about this post