कञ्चनपुर । कञ्चनपुरको महाकाली तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी थालेका छन् ।
शुक्रबार बिहानैदेखि वर्षा भइरहेपछि तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आकस्मिक बैठक बसेर सम्भावित बाढी तथा डुबानबाट बच्ने उपायबारे छलफल गरेका हुन् ।
समितिहरूले जोखिमयुक्त बस्तीमा माइकिङ गर्नुका साथै सुरक्षित आश्रयस्थल पहिचान गरी स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेका छन् । सम्भावित जोखिम बढेमा स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ ।
आश्रयस्थलमा आवश्यक पर्ने खाद्यान्न, तत्काल खान सकिने खानेकुरा, म्याट तथा ग्यास चुलोलगायतका सामग्री खरिद गरी तयारी अवस्थामा राखिएको छ । साथै स्थानीयलाई अन्न, नागरिकता तथा अन्य महत्वपूर्ण कागजात पानीबाट जोगिने गरी सुरक्षित स्थानमा राख्न सचेत गराइएको छ ।










Discussion about this post