Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर, साउन १९ – कञ्चनपुरको वेदकोट नगरपालिकाले रोजगार, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

“समृद्ध वेदकोटको आधार : सीप, उद्यम र सहकार्य” भन्ने मूल नारासहित आयोजित कार्यक्रमको अध्यक्षता वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, कञ्चनपुरका नौवटै स्थानीय तहका रोजगार संयोजक, सीप विकास केन्द्र कञ्चनपुरका प्रतिनिधि, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी, निर्माण व्यवसायी संघका प्रतिनिधि, होटल सञ्चालक, गैसस महासंघलगायत विभिन्न निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियामा रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३ को प्रभावकारी कार्यान्वयन, निजी क्षेत्रसँगको साझेदारी विस्तार तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख तुलसी जोशीले बजारको आवश्यकता अनुसार बिक्रीयोग्य तथा व्यवहारिक सीप प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले एउटै व्यक्तिलाई बहुआयामिक सीप प्रदान गर्न सके आयआर्जनका अवसर बढ्ने उल्लेख गर्दै घर निर्माण गर्ने मिस्त्रीलाई वायरिङ र प्लम्बिङसमेत सिकाउन सकिए थप आम्दानी गर्न सक्ने बताउनुभयो।

उहाँले नगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई निजी क्षेत्रसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै आगामी दिनमा रोजगार सिर्जना र उद्यमशीलता विकासमा निजी क्षेत्रको सक्रिय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा वेदकोट नगरपालिकाका रोजगार संयोजक भोजराज अवस्थीले स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीचको समन्वयले रोजगारी सिर्जना, सीप विकास तथा उद्यम प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नगरपालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमलाई निजी क्षेत्रको आवश्यकताअनुसार सञ्चालन गरिने र तालिम प्राप्त युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

नगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध वेदकोट निर्माणका लागि सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा
फ्ल्यास हेडिङ

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा

कार्तिक ९, २०८३
विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै
फ्ल्यास हेडिङ

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम
फ्ल्यास हेडिङ

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा

कार्तिक ९, २०८३
विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३
दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

दसैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी जाम

कार्तिक ८, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ८, २०८३
आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

आज विश्व पोलियो दिवस, बालबालिकालाई खोप लगाउन जोड

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व