Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

प्रकाश भट्ट by प्रकाश भट्ट
असार २२, २०८३
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर-२ को खल्लागोठमा बगर संरक्षण गर्न वृक्षारोपण गरिएको छ। जनहीत महाकाली सामुदायिक वन उपभोक्ता समिति, खल्लागोठको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘जलवायु उत्थानशिल समुदाय (सिआरसी)’ परियोजना अन्तर्गत डिभिजन वन कार्यालय कञ्चनपुर र कृष्णपुर नगरपालिकासँगको सहकार्यमा खल्लागोठमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो।

प्रत्येक वर्ष मनसुनको समयमा मछेली नदीले कटान गरिरहेको उक्त क्षेत्रमा बगर संरक्षण गर्न र कटान रोक्नका लागि ५७०० बिरुवा लगाइएको छ। यसअघि मात्रै सिआरसी परियोजना अन्तर्गत कृष्णपुर नगरपालिका तथा वडा कार्यालयको सहकार्यमा उक्त क्षेत्रमा १७० मिटर जैविक तटबन्ध निर्माण गरिएको थियो। त्यस्तै बगर संरक्षण कार्यक्रम अन्तर्गत उक्त क्षेत्रमा १२५० मिटर तारबार गरिएको थियो, जसमा डिभिजन वन कार्यालयले ९०० मिटर तारबार गरेको थियो भने सिआरसी परियोजनाबाट ३५० मिटर तारबार गरिएको थियो।

वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले जलवायु परिवर्तनको असर र नदी कटानको जोखिम न्यूनीकरणका लागि वनस्पति र जैविक इन्जिनियरिङ सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले रोपिएका बिरुवाहरूको संरक्षणमा स्थानीय समुदाय र सामुदायिक वन उपभोक्ता समिति आफैँ जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले मछेली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षा र पर्यावरण जोगाउन नगरपालिकाले स्थानीय र दातृ निकायहरूसँग निरन्तर सहकार्य गरिरहेको बताउनुभयो। जैविक तटबन्ध, तारबार र वृक्षरोपणको यो एकीकृत नमुनाले खल्लागोठ क्षेत्रलाई बाढीको जोखिमबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कञ्चनपुरका डिएफओ लक्ष्मीराज जोशीले डिभिजन वन कार्यालयले बगर संरक्षण र वृक्षरोपणका लागि आवश्यक प्राविधिक एवम् भौतिक सहयोगलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले वन कार्यालय र परियोजनाको संयुक्त लगानीमा भएको तारबारले रोपिएका बिरुवाहरूलाई चौपाया र बाह्य क्षतिबाट जोगाउन मद्दत पुग्ने बताउनुभयो।

कृष्णपुर नगरपालिका वडा नम्बर -२ का वडा अध्यक्ष अर्जुन सिंह साउदले खल्लागोठ बगर र तटीय क्षेत्रको संरक्षणका लागि स्थानीय सरकार गम्भीरताका साथ लागिपरेको बताउनुभयो। उहाँले जैविक तटबन्ध, तारबार र वृक्षरोपण कार्यले यस क्षेत्रका नागरिकलाई ठूलो राहत मिल्ने बताउनुभयो।

सिआरसी परियोजनाका मिल अफिसर गोविन्द नारायण उपाध्यायले समुदायलाई जलवायुजन्य विपद् सङ्कटबाट उत्थानशील बनाउन यो बहुसरोकारवाला सहकार्य गरिएको बताउनुभयो। उहाँले स्थानीय सरकार र वन कार्यालयको अपनत्वसहित गरिएको यो कामले खल्लागोठका बासिन्दाको सुरक्षित भविष्य र दिगो बगर व्यवस्थापनमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सब-डिभिजन वन कार्यालयका प्रतिनिधिहरू, सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय तथा उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु
देश/राष्ट्रिय

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व