गएराति र आज बिहान पश्चिम तराईका केही स्थानमा ठूलो वर्षा भएको छ भने काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। अहिले वर्षाको क्रम केही कम भए पनि आगामी दिनमा पुनः वर्षा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आरीघोप्टे वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा पर्सि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्नेछ।
खोला–नदीमा आकस्मिक बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न मौसमविद्ले आग्रह गरेका छन्।










Discussion about this post